काठमाडौं । इङ्लिस ब्याटर रवी भोपाराको अर्धशतकीय पारीप्रेरित चितवन राईनोजले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ अन्तर्गत आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध १४३ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
प्रतियोगिताको चौथो दिन बिहीबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै १४२ रनको योगफल खडा गरेको हो ।
शीर्ष क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किँदा पारी उकास्ने जिम्मेवारीबीच क्रिजमा आएका भोपाराले ५५ बलमा चार चौका र तीन छक्कासहित ६६ रन बनाए ।
शीर्ष क्रमका ब्याटर सस्तैमा पवेलियन फर्किँदा पारी उकास्ने जिम्मेवारीबीच क्रिजमा आएका भोपाराले ५५ बलमा चार चौका र तीन छक्कासहित ६६ रन बनाए । त्यस्तै कप्तान कुशल मल्लले १८ बलमा एक छक्कासहित २१ रनको योगदान गरे । यसैगरी सेफ जैबले १५, देव खनालले १४ र दीपक बोहराले १० रन जोडे ।

चितवनले ब्याटिङ पावरप्लेमा दुई विकेट गुमाउँदै ३२ रन जोडेको थियो । इङ्लिस ब्याटर डेविड मलानको ब्याट लगातार दोस्रो खेलमा चल्न सकेन । कर्णालीविरुद्ध ६ रन बनाएका मलान इनिङको दोस्रो बलमै ‘डक आउट’ भए । उनी रुवेन ट्रम्पलम्यानबाट बोल्ड हुन पुगे । चौथो ओभरको दोस्रो बलमा मलानका ओपनिङ जोडी दीपक बोहरा पनि पवेलियन फर्किए । उनी अभिशेष गौतमको बलमा समीर अलि मुसल्मानबाट स्टम्प आउट भए ।
कर्णालीविरुद्ध दुई रनमा रनआउट भएका युवा ब्याटर देव खनाल आठौं ओभरको तेस्रो बलमा आउट भए । यसपाली पनि विकेट लिने खेलाडी थिए, अभिशेष । अभिशेषले देवलाई सन्दीप जोराबाट क्याच गराए । जतिबेला चितवन ४३÷३ को स्थितिमा थियो । त्यसपछि क्रिजमा आएका कुशल मल्लले भोपारासँग मिलेर ४४ रनको साझेदारी गरे ।
कुशलले भाग्यबाट पाएको साथलाई उपयोग गर्न सकेनन् । शेर मल्ले १३औं ओभरको तेस्रो बलमा कुशलको क्याच ड्रप गरेका थिए । १६औं ओभरको पहिलो बलमा ट्रम्पलम्यानले कुशलको विकेट लिँदै पुनः लुम्बिनीलाई सफलता दिलाए ।

कुशलपछि आएका सेफ जैबले भोपारासँग मिरेर पारी उकास्ने प्रयास गरे । जसमा उनी सफल पनि भए । १९औं ओभरको पहिलो बलमा ट्रम्पलम्यानको शिकार हुनुअघि जैबले भोपारासँग मिलेर पाँचौं विकेटका लागि ४१ रनको साझेदारी गरे । जैब रोहितको सानदार क्याचमा पवेलियन फर्कनु परेका हुन् ।
१९औं ओभरको पहिलो बलमा भोपारा गुल्बादीन नैबको शिकार बने । नैबले भोपारालाई दीलिप नाथबाट क्याच गराए । निर्धारित ओभरको अन्तिम बलमा सोहेल तनवीरलाई पनि नैबले पवेलियनको बाटो देखाए । तनवीर जोराबाट क्याच भए ।
