आश्विन २६, २०८२ सोमबार | ०८:०७:४१
घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट नेदरल्यान्ड्सको अपराजित यात्रा जारी ट्वान्टी-२० विश्वकप छनोटः कतारविरुद्ध सजग नेपाल भेट्रान फुटबलः चाबहिलको दुवै टोली क्वार्टरफाइनलमा युएईसँग नेपालको रोमाञ्चक जित नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य अर्धशतक बनाउँदै पेभिलियन फर्किए आसिफ, नेपालको एक सय रन पूरा नेपालले गुमायो पहिलो विकेट, भुर्तेल पेभिलियन फर्किए कराते खेलाडी एरिका गुरुङ सम्मानित युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट नेदरल्यान्ड्सको अपराजित यात्रा जारी ट्वान्टी-२० विश्वकप छनोटः कतारविरुद्ध सजग नेपाल भेट्रान फुटबलः चाबहिलको दुवै टोली क्वार्टरफाइनलमा युएईसँग नेपालको रोमाञ्चक जित नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य अर्धशतक बनाउँदै पेभिलियन फर्किए आसिफ, नेपालको एक सय रन पूरा नेपालले गुमायो पहिलो विकेट, भुर्तेल पेभिलियन फर्किए कराते खेलाडी एरिका गुरुङ सम्मानित युएईविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

अफगानिस्तानले जित्यो बंगलादेशविरुद्धको एकदिवसीय शृंखला

काठमाडौं । अफगानिस्तानले एक खेल अगावै बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।

युएईको अबुधाबीस्थिता जायद क्रिकेट मैदानमा शनिबार सम्पन्न दोस्रो खेलमा अफगानिस्तान ८१ रनले विजयी भयो ।

जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अफगानिस्तान पाँच विकेटले विजयी भएको थियो ।

अफगानिस्तानले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याएको बंगलादेश २८.३ ओभरमा १०९ रनमै समेटियो ।

बंगलादेशका लागि तोविद हृदयले २४, सैफ हसनले २२ जाकिर अलीले १८ र नरुल हसनले १५ रन बनाए ।

अफगानिस्तानका लागि राशिद खानले ८.३ ओभरमा २१ रन खर्चिए सर्वाधिक पाँच विकेट लिए । यसैगरी अज्मतुल्लाह ओमरजाईले तीन, नाङ्गेयालिया खरोटेले एक विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जाद्रनले १४० बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ९५ रनको योगदान गरे । यसैगरी मोहम्मद नबी र एएम घनजफरले समान २२, नाङ्गेयालिया खरोटेले १३ र रहमनुल्लाह गुर्बाजले ११ रन बनाए ।

बंगलादेशका  लागि  कप्तान मेहदी हसन मिराजले तीन तथा तान्जिम हसन सकिब र राशिद होसेनले समान दुई विकेट लिए ।

शृंखलाको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । 


भिडियो
ANFA गेटअघि फुटबल समर्थकको शान्तिपूर्ण धर्ना
शीर्ष डिभिजन क्लबको आरोपः एन्फा लिग गराउनै चाँहदैन II TOP TIER LEAGUE II ANFA II CLUBS
ANFA GS KIRAN RAI II हार्दैमा निराश हुनु पर्दैन II AFC U-17 WOMEN'S ASIAN CUP QUALIFIERS
SAHARA LIMBU को समर्थकलाई अनुरोधः हामीलाई समर्थन गरिदिनुस, माया गर्नुस I AFC U17 ASIAN CUP QUALIFIER
अर्को SARU LIMBU र SABITA RANA जन्मिन सक्छ II PRAKASH BAIDHYA II COACH II NEPAL NATIONAL YOUTH TEAM
NATIONAL U-17 TEAM CAPTAIN BHUMIKA BUDHATHOKI II ‘लक्ष्य एएफसी च्याम्पियनसिपमा छनोट हुने हो’
NEPAL U-17 WOMEN'S TEAM HEAD COACH CHET NARAYAN SHRESTHA भन्छन्ः ‘थाइल्यान्डलाई जित्ने सम्भावना छ’