कार्तिक २१, २०८२ शुक्रबार | २२:०३:३४
कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला कर्णाली याक्सको हरेक जितमा प्रदेश क्रिकेट संघले १ लाख पाउने संकटालाई हराउँदै पुलिस फाइनलमा विजयी स्पोर्टस र चित्लाङले खेल्यो बराबरी लिग गराउन एन्फा र राखेपलाई कमल थापाको ध्यानाकर्षण देउरालीको पहिलो जित, जन जागृति पराजित टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक सुदूरपश्चिम रोयल्सको ‘एन्थम’ सार्वजनिक काठमाडौंले पूरा गर्यो विदेशी खेलाडीको कोटा हङकङ सुपर सिक्सेसः पहिलो खेलमा नेपाल पराजित बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला

नेपाल र युएई भिड्दै

फाइल तस्विर, क्यान ।

काठमाडौं । नेपालले आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आइतबार चिरपरिचित प्रतिद्धन्द्धी युएईको सामना गर्दैछ । 

खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।

दुई अंकका साथ सुपर सिक्समा रहेको नेपाल युएईलाई हराउँदै विश्वकपमा पुग्ने सम्भावनालाई अझ बलियो बनाउने लक्ष्यमा हुनेछ ।

रोहितकुमार पौडेको कप्तानीमा रहेको नेपाललाई, आसिफ शेख, गुल्शनकुमार झा, दीपेन्द्रसिंह ऐरी सोमपाल कामी जस्ता खेलाडीको साथ रहने छ ।

पछिल्लो खेलमा जापानविरुद्ध आसिफले ३८ रन बनाएका थिए । यसैगरी गुल्शनले अविजित २८ रन बनाउनुका साथै दुई विकेट पनि लिएका थिए ।

यता युएई पनि समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । समूह चरणमा युएईले कतार र मलेसियालाई हराएको थियो ।

दुई अंक रहेको युएई पनि नेपाललाई हराउँदै विश्वकप यात्रा सहज बनाउने सोचमा छ ।

यता मोहम्मद वसिमको कप्तानीमा रहेको युएई अलिशान शराफु, हर्षित कौशिक, हैदर अली, ध्रुव परासर जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

मलेसियाविरुद्धको पछिल्लो खेलमा शराफुले ३४ रन प्रहार गरेका थिए । 

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा हालसम्म यी दुईबीच १० खेल भएका छन् । जसमा दुवै टोलीले समान पाँच खेल आफ्नो पक्षमा पारेका छन् ।


भिडियो
बहुमतको बलमा विपक्षीसँगै फुटबललाई पनि पेलेर जान खोजियो II BIRAT SHAHI II ANFA VP II PLAYER PROTEST
PUJA MAHATO II INDIA भन्दा NEPAL कै क्रिकेट राम्रो, अर्को वर्षबाट पनि WOMENS NPL पनि हुने आशा छ II
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।