वैशाख २६, २०८२ शुक्रबार | १५:०९:४०
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

सहज जित निकाल्दै तेस्रो स्थानमा उक्लियो मुम्बई

काठमाडौं । सनराइजर्स हैदराबादविरुद्ध सात विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को तेस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै मुम्बईले ९ खेलमा १० अंक जोडेको छ । पराजित हैदराबाद आठ खेलबाट चार अंकका साथ नवौं स्थानमा छ ।

बुधबार राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा घरेलु टोली हैदराबादले प्रस्तुत गरेको १४४ रनकाे लक्ष्य मुम्बईले १४.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

मुम्बईका लागि रोहित शर्माले ४६ बलमा आठ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी सूर्यकुमार यादवले अविजित ४०, विल ज्याक्सले २२ र रायन रिकेल्टनले ११ रन बनाए ।

रोहितले दोस्रो विकेटका लागि विलसँग ६४ र तेस्रो विकेटका लागि सूर्यसँग ५३ रनको साझेदारी गरेका थिए ।

हैदराबादका लागि जयदेव उन्नदकट, इशान मालिंगा र जिशन अन्सारीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका लागि हेनरिक क्लासनले ४४ बलमा ९ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी अविनभ मनोहरले ४३ र अनिकेत वर्माले १२ रन बनाए ।

हेनरिक र अविनभले छैटौं विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्टले चार, दीपक चहरले दुई तथा जसप्रीत बुमराह र कप्तान हार्दिक पाण्डेयाले समान एक विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP