वैशाख २६, २०८२ शुक्रबार | ११:३०:१७
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

एपिएफको जितमा आसिफको उत्कृष्ट प्रदर्शन

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित दर्ता गरेको छ ।

आइतबार भैरहवाको एक्ट्राटेक ओभलमा एपिएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्यो ।

जितसँगै सात खेलमा १० अंक जोडेको एपिएफ तेस्रो स्थानमा छ । पराजित गण्डकी आठ खेलबाट दुई अंकका साथ पुछारमा छ ।

एपिएफले प्रस्तुत गरेको २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै २२७ रन मात्रै बनाउन सक्यो । 

गण्डकीका लागि अर्जुन कुमालले ३९, दिनेश बुढामगरले ३४, सुदीप अर्यालले अविजित २५, अमृत गुरुङले २३, कप्तान विपिन खत्रीले १४ तथा समीर कँडेल र कमल परियारले समान १३ रन बनाए ।

एपिएफका लागि अभिषेक गौतमले तीन, अमरसिंह राउटेलाले दुई तथा किशोर महतो, भुवन कार्की र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २५८ रनको योगफल तयार पारेको थियो ।

एपिएफका लागि आसिफ शेखले ७४ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी लोकेश बमले ४६, सुमित महर्जनले ३१, कमलसिंह ऐरीले २५, अमरसिंह राउटेलाले २४, भुवन कार्कीले १५ र दीपक बोहराले ११ रन बनाए ।

पहिलो विकेटका लागि आसिफ र लोकेशले १२५ रनको साझेदारी गरेका थिए । गण्डकीका लागि सन्दीप पराजुली र सुदीप अर्यालले समान तीन, कमल परियारले दुई तथा चन्द्र पौडेलले एक विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP