वैशाख २६, २०८२ शुक्रबार | १२:१५:०३
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

न्युजिल्यान्डले जित्यो पाकिस्तानविरुद्धको शृंखला

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानविरुद्धको अन्तार्राष्ट्रिय ट्वान्टी-२० शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।

आइतबार माउन्ट माउङ्गानुइस्थित बे ओभलमा सम्पन्न चौथो खेलमा न्युजिल्यान्डले ११५ रनको सहज जित दर्ता गर्यो ।

यस जितसँगै न्युजिल्याले पाँच खेलको शृंखलामा ३-१ को अग्रता लिएको छ । यसअघि न्युजिल्यान्ड ८ र पाँच तथा पाकिस्तान ९ विकेटले विजयी भएका थिए ।

न्युजिल्यान्डले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६.२ ओभरमा १०५ रनमै समेटियो । 

पाकिस्तानका लागि अब्दुल समादले अविजित ४४ र इरफान खानले २४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि जाकोब डफीले चार, जेक्यारी फाउल्क्सले तीन तथा विल ओ’रोर्क, जेक्स निशम र इश सोधीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रनको योगफल तयार पारेको थियो । 

न्युजिल्यान्डका लागि फिन एलनले २० बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी कप्तान माइकल ब्रेसवेलले अविजित ४६, टिम सिफर्टले ४४, ड्यारिल मिचेलले २९ र मार्क च्याम्पम्यानले २४ रन बनाए । 

पहिलो विकेटका लागि एनल र सिर्फटले ५९ तथा पाँचौं विकेटका लागि ब्रेसवेल र मिचेलले ५६ रनको साझेदारी गरेका थिए । पाकिस्तानका लागि ह्यारिस रौफले तीन, अबरार अहमदले दुई र अब्बास अफ्रिदीले एक विकेट लिए ।

शृंखलाको पाँचौं तथा अन्तिम खेल बुधबार हुनेछ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP