चैत्र १, २०८१ शुक्रबार | २०:१४:४९
स्वदेश फर्कियो पारा एथलेटिक्स टोली बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित आफ्ना पदाधिकारीलाई विदेश जान रोक लगाएपछि ओलम्पिक कमिटीको विराेध नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा स्वदेश फर्कियो पारा एथलेटिक्स टोली बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित आफ्ना पदाधिकारीलाई विदेश जान रोक लगाएपछि ओलम्पिक कमिटीको विराेध नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा

नेपालले हङकङलाई हरायो

काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङविरुद्ध ६ विकेटको जित निकालेको छ ।

जितसँगै न६ खेलमा चार अंक जोडेको नेपाल पुछारमा रह्यो । हङकङसँगको पहिलो भेटमा नेपाल दुई रनले पराजित भएको थियो ।

यसैगरी नेपालले नामिबियासँग दुवै खेलमा हार बेहोर्दा घरेलु टोली युगान्डासँग एक जित र हारको नतिजा निकालेको थियो । 

एन्टेब्बे क्रिकेट ओभलमा हङकङले प्रस्तुत गरेको १०५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि सम्झना खड्काले ४३ बलमा सर्वाधिक ४७ रनको योगदान गरिन् । यसैगरी पूजा महतोले अविजित २० र कप्तान इन्दु बर्माले १८ रन बनाए ।

हङकङका लागि मेहकदीप कौर र लिया वाङ कीले समान एक विकेट लिए ।

त्यसअघिटस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि शन्जिन शहजादले ४७ बलमा सर्वाधिक ५४ रनको योगदान गरिन् । यसैगरी चान का यिङले १६ र यास्मिन दासवानीले १४ रन बनाए ।

नेपालका लागि राजमति ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले समान एक विकेट लिए ।

अब नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । 


भिडियो
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP
FINAL PRE-MATCH CONFERENCE || MECHINAGAR GOLD CUP || CHURCH BOYS || KAKARBHITTA TRINING CENTER