चैत्र १, २०८१ शुक्रबार | २०:१६:३८
स्वदेश फर्कियो पारा एथलेटिक्स टोली बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित आफ्ना पदाधिकारीलाई विदेश जान रोक लगाएपछि ओलम्पिक कमिटीको विराेध नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा स्वदेश फर्कियो पारा एथलेटिक्स टोली बागमतीको पहिलो जित, सुदूरपश्चिम पराजित आफ्ना पदाधिकारीलाई विदेश जान रोक लगाएपछि ओलम्पिक कमिटीको विराेध नेपालले हङकङलाई हरायो हङकङले दियो नेपाललाई १०५ रनको लक्ष्य विभागीय डर्बीमा पुलिस विजयी हङकङविरुद्ध फिल्डिङ गर्दै नेपाल उपाधिमा दुवै टोलीको दाबी अमेरिकाका जोनाथन क्याम्पबेल चितवनमा अनुबन्ध चेल्सी क्वार्टरफाइनलमा

विभागीय डर्बीमा पुलिस विजयी

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न विभागीय डर्बीमा नेपाल एपिएफ क्लबविरुद्ध दुई विकेटको जित दर्ता गरेको छ । 

लगातार तेस्रो जितसँगै पुलिसले तीन खेलमा ६ अंक जोडेको छ । पहिलो पराजय बेहोरेको एपिएफको समना खेलबाट चार अंक छ । 

दाङको देउखुरी क्रिकेट मैदानमा एपिएफले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो ।  पुलिसका लागि कुशल भुर्तेलले ३१,गुल्शनकुमार झाले अविजित १२ अर्जुन साउदले ११ र राशिद खानले १० रन बनाए । 

एपिएफका लागि भुवन कार्कीले तीन, अभिषेक गौतम र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले २७.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । 

एपिएफका लागि सन्दीप जोराले २६, लोकश बमले २२ र आसिफ शेख र अमरसिंह रौटेलाले समान १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

पुलिसका लागि ललितनारायण राजवंशीले ७.४ ओभरमा तीन मेडनसहित मात्र १८ रन खर्चिएर ६ विकेट लिए । यसैगरी सागर ढकाल, करण केसी, गुल्शनकुमार झा र कुशल भुर्तेलको नाममा समान एक विकेट लियो ।


भिडियो
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP
FINAL PRE-MATCH CONFERENCE || MECHINAGAR GOLD CUP || CHURCH BOYS || KAKARBHITTA TRINING CENTER