वैशाख २६, २०८२ शुक्रबार | ११:५१:१४
पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती

पुलिसको विजयी सुरुआत, लुम्बिनीको पहिलो हार

पुलिस र लुम्बिनीबीचको खेलमा टस हुँदै, तिस्वरः क्यान ।

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

सोमबार भैरहवाको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा  साबिक विजेता पुलिसले लुम्बिनी प्रदेशविरुद्ध ८७ रनकाे जित निकाल्याे । 

जितसँगै पुलिसले दुई अंक जोडेको छ । पहिलो पराजय बेहोरेको लुम्बिनीको पनि दुई खेलबाट समान अंक छ । पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गरेको थियो ।

पुलिसले प्रस्तुत गरेको २५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १६२ रनमात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि प्रज्वल थापाले ९४ बलमा सात चौकार एक छक्काको मद्दतले सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी मिर्नाल गुरुङले ३०, सलाहयद्दिन खानले १३ र कप्तान देव खनालले ११ रन बनाए ।

पुलिसका लागि सागर ढकालले तीन, ललितनारायण राजवंशी र कप्तान दीपेन्द्रसिंह ऐरीले समान दुई तथा राशिद खान र कुशल भुर्लेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रनको योगफल तयार पारेको थियो ।

पुलिसका लागि कुशल भुर्लेलले ७५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी आरिफ शेखले ७९ बलमा दुई छक्काको मद्दतले ५६, गुल्शनकुमार झाले अविजित ३६ र दिलिप नाथले ३४ रन बनाए ।

तेस्रो विकेटका लागि कुशल र आरिफले ८२ रनको साझेदारी गरे । लुम्बिनीका लागि अनुज चनरा र कृष्ण कार्कीले समान तीन विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP