काठमाडौं । वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
एन्टेब्बे क्रिकेट ओभलमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिइन् ।
नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा नामिबियासँग ६ विकेटको पराजय बेहोरेको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डाविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको थियो ।
यता हङकङ पनि लगातार दोस्रो जितको लक्ष्यमा छ । पहिलो खेलमा युगान्डासँग आठ विकेटको पराजित बेहोरेको हङकङले दोस्रो खेलमा नामिबियालाई चार विकेटले हराएको थियो ।
हालसम्म नेपाल र हङकङ महिला टोलीबीच टी-२० अन्तर्राष्ट्रियमा आठ खेल भएको छ । जसमा नेपालले ५ र हङकङले ३ खेल आफ्नो पक्षमा पारेको छ । १ खेल भने नतिजाविहीन छ ।
एसिसी प्रिमियर कपको पछिल्लो भेटमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित दर्ता गरेको थियो ।