वैशाख २६, २०८२ शुक्रबार | ११:३२:१७
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

बागमतीको लगातार दोस्रो पराजय

विकेटको खुसीयाली मनाउँदै बागमतीका खेलाडी, तस्विरः क्यान ।

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो पराजय बेहोरेको छ ।

सोमबार सिद्धर्थनगर रंगशालामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमतीविरुद्ध १३४ रनको फराकिलो जित दर्ता गर्यो । पहिलो खेलमा बागमती अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग १०० रनले पराजित भएको थियो ।

सुखद सुरुआत गरेको आर्मीले दुई अंक जोडेको छ । दुवै खेलमा पराजित बागमती अंकविहिन छ ।

आर्मीले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभरमा १२८ रनमै समेटियो ।

बागमतीका लागि विवेक मगरले ५० बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी इशान पाण्डेले १९ र आशुतोष घिरैयाले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाँचौ विकेटका लागि विवेक र सोनु देवकोटाले ५५ रनको साझेदारी गरे । सोनुले आठ रन बनाए ।

आर्मीका लागि शहाब आलामले चार, आकाश चन्दले तीन तथा सोमपाल कामी र असिर अहमदले समान एक विकेट लिए ।

बागमतीविरुद्ध ब्याटिङ गर्दै आर्मीका खेलाडी, तस्विरः क्यान ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रनको योगफल तयार पारेको थियो ।

आर्मीका लागि सन्तोष कार्की ९८ बलमा १० चौका र एक छक्काको मद्दतले सर्वाधिक ७६ रनको योगदान गरे । यसैगरी कप्तान विनोद भण्डारीले अविजित ४७, तृतराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए ।

पहिलो विकेटका लागि सन्तोष र तृतराजले ९६ तथा पाँचौं विकेटका लागि विनोद र विवेकले ५९ रनको साझेदारी गरे ।

बागमतीका लागि प्रतिस जिसी, रिजन ढकाल र इशान पाण्डेले समान दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP