वैशाख २६, २०८२ शुक्रबार | ११:५५:१२
पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती

लुम्बिनीको सुखद सुरुआत

विकेटको खुसीयाली मनाउँदै लुम्बिनीका खेलाडी, तस्विः क्यान ।

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा  सुखद सुरुआत गरेको छ ।

आइतबार सिद्धर्थनगर रंगशालामा लुम्बिनीले कोशी प्रदेशविरुद्ध २६ रनको जित निकाल्यो । लुम्बिनीले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको कोशी ४२.४ ओभरमा १८२ रनमा समेटियो ।

कोशीका लागि सुजन थपलियाले ३५, चिराग साहले ३१, शुवान गहतराजले २९, सकिब हकले २७ र कप्तान अंकित सुवेदीले १८ रन बनाए ।

लुम्बिनीका लागि अजय चौहानले ८.४ ओभरमा ३२ रन खर्चिदै सर्वाधिक पाँच विकेट लिए । यसैगरी रमेश कुर्मीले तीन तथा कप्तान देव खनाल र कृष्ण कार्कीले समान एक विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४८ ओभरमा सबै विकेट गुमाउँदै २०८ रनको योगफल तयार पारेको थियो । 

लुम्बिनीका लागि आकाश त्रिपाठीले ९० बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी नर सार्कीले ४५, मिर्नाल गुरुङले ४३ र मनीष थापाले १६ रन बनाए । 

कोशीका लागि दीपेश कँडेल र प्रकाश कार्कीले समान तीन, फिर्दोश अन्सारीले दुई तथा विपिन महतो र अंकित सुवेदीले समान एक विकेट लिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP