काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
आइतबार भैरहवास्थित एक्ट्राटेक ओभरमा एपिएफले बागमती प्रदेशविरुद्ध १०० रनको फराकिलो जित दर्ता गर्यो ।
एपिएफले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.३ ओभरमा ७४ रनमै समेटियो ।
बागमतीका लागि शुभ कंसाकारले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपिएफका लागि कमलसिंह ऐरी चार, कप्तान रोहितकुमार पौडेल र अमरसिंह रौटेलाले समान दुई तथा अविनाश बोहराले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनको योगफल तयार पारेको थियो ।
एपिएफका लागि सन्दीप जोराले ३७, अमरसिंह रौटेलाले अविजित २६, दीपक बोहराले २५ र कमलसिंह ऐरीले १५ रन बनाए ।
बागमतीका लागि रिजन ढकालले आठ ओभरमा दुई मेडनसहित ३० रन खर्चिदै सर्वाधिक पाँच विकेट लिए । यसैगरी नन्दन यादवले तीन तथा सूर्य तामाङले एक विकेट लिए ।