काठमाडौं । युगान्डामा शनिबारबाट सुरु भएको वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको छ ।
एन्टेब्बे क्रिकेट ओभलमा ९३ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।
केही समयपछि खेल फेरि सुरु भएपछि नामिबियाले १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य पाएको थियो । नयाँ लक्ष्य नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाउँदै पूरा पूरा गर्यो ।
नामिबियाकी मिकेली मावातेलीले २६ र जुरियन डियर्गार्ड्टले अविजित १३ रन बनाए ।
नेपालका लागि पूजा महतो, कविता जोशी, कप्तान इन्दु बर्मा र ईश्वरी विष्टले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले १८, कविता जोशीले १६, ईश्वरी विष्टले अविजित १७ र पूजा महतोले १३ रन जोडिन् ।
नामिबियाका लागि मिकेली मावातेली र विकि मावातेलीले समान तीन तथा काइलेन ग्रिनले दुई विकेट लिए ।