वैशाख २६, २०८२ शुक्रबार | १५:१०:३३
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

अफगानिस्तानले मार्चमा भारतसँग खेल्ने

नयाँ दिल्ली । अफगानिस्तानले २०२२ को मार्चमा भारतविरुद्ध तीन एकदिवसीय अन्तर्राष्ट्रियको शृंखला खेल्ने भएको छ ।

युद्धग्रस्त अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीले आगामी दुई वर्षे भ्रमणतालिका अन्तर्गत भारतविरुद्ध खेल्न लागेको हो ।

तालिबानले देशको शासनसत्तामाथि पुनः कब्जा जमाएपछि अन्योल भविश्यसँग जुधिरहेको अफगानी राष्ट्रिय टोलीले २०२२ र २०२२ मा गरी  ११ एकदिवसीय अन्तर्राष्ट्रिय, चार ट्वान्टी २० अन्तर्राष्ट्रिय तथा दुई टेस्ट गरी कुल १७ शृंखला खेल्नेछ । जसअन्तर्गत कुल २७ एकदिवसीय अन्तर्राष्ट्रिय, १२ ट्वान्टी २० अन्तर्राष्ट्रिय र तीन टेस्ट खेल हुनेछन् ।

अफगानी राष्ट्रिय क्रिकेट टोलीले २०२२ मा एसिया कप तथा आइसिसी ट्वान्टी २० विश्वकप पनि खेल्नेछ । यसैगरी २०२३ मा आइसिसी एकदिवसीय विश्वकप पनि अफगानिस्तानको खेल तालिकामा समावेश हुनेछ ।  

नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाबाट सुरु हुने अफगानी क्रिकेटको वर्ष २०२२ जिम्बाब्वेविरुद्ध सबै तीन स्वरुपको शृंखलासँगै समाप्त हुने अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

अफगानिस्ताको दुई वर्षे अन्तर्राष्ट्रिय तालिका

२०२२ जनवरी - नेदरल्यान्ड्स (तीन एकदिवसीय अन्तर्राष्ट्रिय)
२०२२ जनवरी/फेब्रुअरी - जिम्बाब्वे (तीन एकदिवसीय अन्तर्राष्ट्रिय, पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय)
२०२२ फेब्रुअरी/मार्च - बंगलादेश (तीन एकदिवसीय अन्तर्राष्ट्रिय, दुई ट्वान्टी २० अन्तर्राष्ट्रिय)
२०२२ मार्च - भारत (तीन एकदिवसीय अन्तर्राष्ट्रिय)
२०२२ मे/जुन - अस्ट्रेलिया (तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय)
२०२२ जुलाई/अगस्ट - आयरल्यान्ड (पाँच एकदिवसीय अन्तर्राष्ट्रिय, एक टेस्ट)
२०२२ अगस्ट/सेप्टेम्बर - एसिया कप 
२०२२ अक्टोबर/नोभेम्बर - ट्वान्टी २० विश्वकप
२०२२ नोभेम्बर/डिसेम्बर - जिम्बाब्वे (पाँच एकदिवसीय अन्तर्राष्ट्रिय, दुई ट्वान्टी २० अन्तर्राष्ट्रिय, दुई टेस्ट)
२०२३ जनवरी - श्रीलंका (तीन एकदिवसीय अन्तर्राष्ट्रिय)
२०२३ फेब्रुअरी/मार्च - पाकिस्तान (तीन एकदिवसीय अन्तर्राष्ट्रिय)
२०२३ मार्च/अप्रिल - अस्ट्रेलिया (तीन एकदिवसीय अन्तर्राष्ट्रिय)
२०२३ जुलाई/अगस्ट - एसिया कप 
२०२३ सेप्टेम्बर - वेस्ट इन्डिज (तीन एकदिवसीय अन्तर्राष्ट्रिय)
२०२३ सेप्टेम्बर - न्युजिल्यान्ड (तीन एकदिवसीय अन्तर्राष्ट्रिय)
२०२३ अक्टोबर/नोभेम्बर - एकदिवसीय विश्वकप 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP