काठमाडौं । शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी प्रतियोगितामा समूह ‘ए’ बाट त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लब तथा समूह ‘बी’ बाट कर्णाली र कोशी प्रदेशले अन्तिम चारको यात्रा तय गरे ।
शतप्रतिश जित निकाल्दै समूह विजेता बनेको आर्मीले बागमती प्रदेशलाई ५४-०, एफिएफलाई १७-१२ र मधेश प्रदेशलाई ४४-० ले पराजित गरेको थियो ।
एपिएफले मधेशविरुद्ध ५८-० र बागमतीविरुद्ध ५०-० को जित निकाल्यो । समूह ‘ए’ बाट बागमती र मधेश बाहिरिएका छन् ।
यता समूह ‘बी’ को विजेता कर्णालीले सुदूरपश्चिमलाई ३२-० र कोशीलाई १२-० ले पराजित गरेको थियो ।
कोशीले सुदूरपश्चिमलाई १७-० ले पराजित गर्यो । समूह ‘बी’ बाट सुदूरपश्चिम बाहिरिएको छ ।
सेमिफाइनलमा कर्णाली र एपिएफ तथा आर्मी र कोशी प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC