जेष्ठ २०, २०८२ सोमबार | १६:१५:०६
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला

अन्तर्राष्ट्रिय पदक विजेता युवा टेबल टेनिस खेलाडीलाई प्रधानमन्त्रीको बधाइ

काठमाडौं । दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बधाइ दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मिहिनेत गरेर आगामी प्रतिस्पार्धामा पनि विजेता बन्ने शुभकामना दिए ।

अखिल नेपाल टेबल टेनिस संघद्वारा गत २४ देखि २७ अप्रिलसम्म काठमाडौंमा आयोजित प्रतियोगितामा नेपालले एक स्वर्ण, ६ रजत र  पाँच कांस्य गरि १२ पदक जितेको थियो ।

प्रतियोगिताको यु-१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले उनीहरूसँग  केहीबेर टेबलटेनिस पनि खेलेका थिए ।

साेही अवसरमा प्रधानमन्त्री ओलीले आफ्नोतर्फबाट खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरे ।

संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठले यसरी प्रधानमन्त्रीबाट टेबल टेनिस खेलाडीले पहिलो पटक पुरस्कार प्राप्त गरेकाले भविष्यमा अझ राम्रो नतिजा निकाल्द हौसला मिलेका बताए ।

 संघका सचिव राजेन्द्रबहादुर दुलालले अन्तर्राष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफैँ शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारबाट सहयोग हुनुपर्ने माग राखे । 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC