चैत्र २, २०८१ शनिबार | ०६:३१:४५
एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन लिभरपुलको अनुभव, न्युकासलको उत्साह विश्वकप फुटबल र ट्रम्पको नीति प्रीति राई सम्मानित आइजिपी कप क्रिकेटः उपाधिका लागि लुम्बिनी र मधेश प्रतिस्पर्धा गर्ने क्षितिज भण्डारी च्याम्पियन एनएसएलः उद्घाटन खेलमा ललितपुर र काठमाडौं भिड्ने

क्षितिज भण्डारी च्याम्पियन

काठमाडौं। नेपालमा पहिलोपल्ट आयोजना भएको नयाँ स्वरुपको बुद्धिचाल प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् ।

उनले शुक्रबार सम्पन्न फाइनलमा क्यान्डिडेट मास्टर (सिसएम) मिलन लामालाई २-० ले  पराजित गरे । होटल रोयल सिंगीमा  ‘वेस्ट अफ थ्री’ को आधारमा सञ्चालित खेलमा क्षितीजले सुरुआती दुवै खेल जिते ।  

सेमिफाइनलमा  क्षितिजले पुनम प्रसाइँ तथा मिलनले सुजन काफ्लेलाई पराजित गरेका थिए ।

उपाधि विजेता क्षितीजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६००, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४०० रुपैयाँ प्राप्त गरे ।

हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा  अयोजना गरेको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते ।

स्विस प्रणालीको आधारमा ९ चरणमा सञ्चालित  प्रतियोगितामा अपराजित रहेका राजनले ७.५ अंक जोडे ।

सात जित, एक हार र एक बराबरीसँगै मुहान नरसिंह श्रेष्ठले पनि ७.५ अंक बनाएका थिए । तर,  राजनले उनलाई टाइब्रेकरको आधारमा पछि पारे ।

सात जित र दुई हारको नतिजासहित सात अंक जोडेका अभिक शाह तेस्रो स्थान मा रहे । राजनले १५ हजार, मुहानले ७ हजार ५०० र अभिकले ६ हजार रुपैयाँ हात पारे ।

महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गर्ल्सतर्फ यु ८ मा रुबेश्री चौलागाइँ, यु १२ मा निहाना श्रेष्ठ, यु१४ मा नायुमा मगर र यु१६ मा प्रज्ञा पन्त प्रथम भए । यस्तै ब्वाइजतर्फ यु ८ मा शुभांग प्रधान, यु १० मा अभियान राई, यु १२ मा दीपन मैनाली, यु १४ मा प्रवीर केसी र यु१६ मा अनमोल राई पहिलो स्थानमा रहे ।

त्यस्तै, फिडे रेटिङ २००० मुनिमा सीताराम अग्रवाल, १७०० मुनिमा कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसिएतर्फ आशिर्वाद थापा उत्कृष्ट ठहरिए । प्रतियोगितामा ५० खेलाडी सहभागी थिए ।

सात्विक सर्वोत्कृष्ट खेलाडी

हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ । जसमा सात्विकमान तुलाधर सन् २०२४ काे सार्वाेत्कृष्ट खेलाडी चुनिएका छन् ।

यसैगरी प्रेमविक्रम अधिकारीले फेयर प्ले र अनलाइन एरिना अवार्ड हात पारे । नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्विन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते ।

यस्तै एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, पहिलो राष्ट्रिय चेस च्याम्पियन विकासमान लामा, एसियन गेम्सकी रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ, करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, नेपाल सरकारकी पूर्वसचिव जीवनप्रभा लामा, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) की सदस्य पेमा डोल्मा लामा, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, काठमाडौं महानगरपालिका वडा नं.११ का अध्यक्ष हिरालाल तण्डुकर, एकडेमीकी अध्यक्ष तथा नेपाल बुद्धिचाल महासंघकी उपमहासचिव मोनालिशा खम्बुले पुरस्कार तथा अवार्ड वितरण गरेका थिए ।


भिडियो
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP
FINAL PRE-MATCH CONFERENCE || MECHINAGAR GOLD CUP || CHURCH BOYS || KAKARBHITTA TRINING CENTER