काठमाडौं । छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपको कांस्य पदक विजेता नेपाली टोलीलाई सोमबार स्वदेश फर्किएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले स्वागत गरेका थिए ।
इरानको तेहरानमा सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा नेपाल सेमिफाइनलमा भारतसँग ५६-१८ ले पराजित भएको थियो ।
नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल पुगेको थियो । समुह चरणमा इराकलाई ६८-६ ले हराएकाे नेपाल इरासँग ४७-१४ ले पराजित भयो ।
यसअघि नेपाली टोलीले चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा पनि कांस्य पदक जितेको थियो ।
सदस्यसचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली-२०७९ मा भएको व्यवस्था अनुसार टोलीको नगद पुरस्कारका लागि सिफारिस गर्ने बताए ।
टोलीकी कप्तान मानमति विष्टले परिषद्ले गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताउदै राष्ट्रका लागि पदक जित्न सकेकोमा खुशी व्यक्त गरिन् ।
प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया सहभागी थिए ।