फाल्गुन २८, २०८१ बुधबार | १५:२१:३४
काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल काठमाडौं जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता चैत २ देखि ९ गतेसम्म हुने आर्मी लगातार दोस्रो खेलमा विजयी नामिबियाले दियो नेपाललाई १२६ रनको लक्ष्य नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल बाँसबारीलाई आइजिआइको साथ मेचीनगर गोल्डकपः फाइनल प्रवेशका लागि काँकरभिट्टा र झापा भिड्दै इन्टर मिलान क्वार्टरफाइनलमा बायर्नको जितमा ह्यारी केनको उत्कृष्ट प्रदर्शन जित्नै पर्ने दबाबमा नेपाल च्याम्पियन्स लिगबाट बाहिरियो लिभरपुल

एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा तीन नेपाली खेलाडी

श्रीलंका जाने चेस खेलाडीको बिदाइ गरिदै ।

काठमाडौं । श्रीलंका चेस महासंघको आयोजनामा हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिपमा सहभागीता जनाउन नेपाली टोली श्रीलंकातर्फ प्रस्थान गरेको छ ।

राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको सम्पूर्ण खर्च नेपाल बुद्धिचाल महासंघले बेहोर्ने छ । यस्तै पुरुषोत्तम सिलवालले भने दर्ता शुल्क बाहेक अन्य आफ्नै खर्चमा सहभागिता जनाउने छन् ।

विश्व फुटबल महासंद्ध (फिडे) र एसियन चेस महासंघ (एसिएफ) को मान्यता प्राप्त प्रतियाेगितामा आयोजक श्रीलंकासहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन् । प्रतियोगिता कोलम्बोस्थित फ्याकल्टि अफ ग्राजुएट स्टडिज युनिभर्सिटीको हलमा ११ मार्च देखि १८ मार्च सम्म सञ्चालन हुनेछ।

 प्रतियोगितामा पुरुषतर्फ ३६ तथा महिलातर्फ २१ खेलाडी सहभागी छन् ।  ९ चरण स्टान्डर्ड क्लासिकल खेलको पहिलो ४० चालका लागी ९० मिनेटको समय निर्धारण गरिएको छ । यस्तै ३० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ड थप हुने  नेपाल बुद्धिचाल महासंघप्रवक्ता राजु ताम्राकारले जानकारी गराएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ शीर्ष पाँचले क्रमशः १ हजार ५००, १ हजार, ५००, ३००, २०० र १५० अमेरिकी डलर प्राप्त गर्नेछन् । यस्तै महिलातर्फका शीर्ष पाँचले १ हजार, ६००, ४००, २५० र १०० अमेरिकी डलर  पाउने छन् ।

सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

बिदाइ कार्यक्रममा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरम बहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, सदस्य प्रतिमा महत, शुशिला गुरुङ, फिडे आर्विटर सोराज ताम्राकार लगायतको उपस्थिति थियो ।


भिडियो
SHREE BHAGAWATI CLUB सँग बढुवा बाहेकको विकल्प छैन TEAM PROFILE I Martyr's Memorial B Division league
HIGHLIGHTS - MACHHINDRA FC 1-0 APF FC II MECHINAGAR GOLD CUP 2081
गोल्डकप धेरै भयो, दिनदिनै खेल्दा खेलाडीलाई धेरै समस्या भयो ।I GANESH KATWAL II COACH MACHHINDRA FC
आज हामी जितको हकदार थियौं, भाग्यले साथ दिएन ।I TOP BISTA, COACH APF FC II MECHINAGAR GOLDCUP
MACHHINDRA FC VS APF FC II MECHINAGAR GOLDCUP
BOYS UNION CLUB का पूराना दिन, सम्भव होला त ? TEAM PROFILE I Martyr's Memorial B Division league
PENALTY SHOOTOUT II DHARAN FC 1-1 (5-3) BLACK BULLS, UZBEKISTAN II MECHINAGAR GOLD CUP 2081