वैशाख २६, २०८२ शुक्रबार | १४:०७:१६
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस च्याम्पियनसिप हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं। चेसमा नयाँ प्रयोगको रुपमा नेपालमा पहिलो पटक फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । हिमालयन चेस एकेड्मीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ आयोजना गर्न लागेको हो ।

वार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बुले बताइन् । पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरुप फ्रिस्टाइल चेस सुरु गरेका थिए ।

‘‘परम्परागत चेस जेन जी (नयाँ पुस्ता) का लागि खासै रोचक भएन । सिद्धान्तअनुसार खेलिने चेसलाई नयाँपन दिँदै फ्रिस्टाइल चेसले रोचक बनाएको छ । त्यसैले हामीले पहिलोपल्ट नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता आयोजना गर्न लागिएको हो,’ अध्यक्ष खुम्बुले भनिन् ।

च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बुकाअनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिनेछ । सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेल एकेडेमीको थापाथलीस्थित चेस हलमा गरिनेछ । समूह विजेता चार खेलाडी फाइन चरणमा प्रवेश गर्नेछन् ।उनीहरूले नकआउटको आधारमा चैत १ गते होटल रोयल सिंगीमा हुने प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीले चैत १ गते एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दैछ । फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’  हुन लागेको हो ।

फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन नसकेकासँगै अरु चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन् ।

दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपैयाँ छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६०० तथा सेमिफाइनलमा पराजित हुने दुई खेलाडीले जनही ६ हजार ४०० रुपैयाँ  पाउनेछन् ।

१६ स्पर्धासमावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५००, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ब्लिज कपमा शीर्ष १०, महिलासँगै गर्ल्स र ब्वइजका यु-८, १०, १२,  १४ र १६ विजेता, एचपसए वेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP