काठमाडौं । गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि पुरुषोत्तम सिलवालले जितेका छन् ।
पुरुषोत्तमले ९ चरणको क्लासिकल खेलमा सात जित दुई बराबरी नतिजा निकाल्दै एकल अंक अंक जोडे । १९३७ रेटेड पुरुषोत्तमले अन्तिम तीन चरणको खेलमा भारतीय खेलाडीलाई पराजित गरे ।
१९ वर्षीय युवा पुरुषोत्तमले २१५८ रेटिङ पर्फोम गर्दै आफ्नो व्यक्तिगत ८८ फिडे रेटिङ बढाउन सफल बनेका छन् । उनले ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
बौद्ध इन्टरनेसन स्कुलको सभाहलमा भएको प्रतियोगितामा २०७० रेटेड खेलाडी एफएम क्षितिज भण्डारीले ७ अंक प्रोग्रेसिभ ४८ प्वाइन्टका आधारमा उपविजेता बने । उनले २६ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै १७१८ रेटेड खेलाडी मज इकबाल समान ७ अंकमा प्रोग्रेसिभ ४७ प्वाइन्टका सथा तेस्रो स्थानमा रहे । उनले १६ हजार रुपैयाँ हात पारे ।
नेपालका १९६५ रेटड सिएम सजिन महर्जनले चौथो स्थान हासिल गर्दै ८ हजार रुपैयाँ जिते । नेपालका राजन पुरीले पाँचौं स्थानमा रहदै ६ हजा तथा भारती खेलाडी आशुतो कुमारले छैटौं हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे ।
आभाषकुमार श्रीवास्तव, कृष्ण थापा, अर्मान सिद्दकी, प्रखर त्रिपाठी, सुरोज महर्जन र आशिष फुयालले क्रमशः सातौंदेखि १०औं स्थानमा रहँदै जनही ४ हजार रुपैयाँ हात पारे ।
यसैगरी महिलातर्फ नेपालकी राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले उपाधि जित्दा भारतकी प्रकाश वैष्णवी दोस्रो स्थानमा रहिन् ।