जेष्ठ २०, २०८२ सोमबार | १६:०७:१४
स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला आइपिएलले नयाँ च्याम्पियन पाउने स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला आइपिएलले नयाँ च्याम्पियन पाउने

उर्जावान यात्राका सय दिन

नेपालमा खेलकुद पत्रकारितालाई मूलधार पत्रकारिताको रूप दिने उद्देश्यसहित यात्रा शुभारम्भ गरेको ‘खेलाडी डटकम’ ले आज सय दिन छोएको छ ।

व्यावसायिक कर्तव्य, सत्यतथ्य, निष्पक्षजस्ता पत्रकारिताका स्थापित मूल्य÷मान्यतालाई पथप्रदर्शक मान्दै पाइला सुरु गरेको खेलाडीका लागि पक्कै पनि वर्तमान समयमा त्यो ठूलो चुनौती थियो । किनकि कोभिड १९ को विश्वव्यापी महामारीले अरू क्षेत्रजस्तै खेलकुदलाई पनि तहसनहस पारेको अवस्था छ ।

हामीले भनेका थियौं, ‘खेलाडी डटकमले अभाव, दबाब र प्रभावको पत्रकारिता गर्दैन ।’ त्यसमा खरो उत्रनका लागि हामीलाई आदरणीय पाठक, विज्ञापनदाता अनि नेपाली खेलकुद क्षेत्रका सबै सरोकारवालाको गहिरो विश्वासले ठूलो सहयोग पुगेको छ । त्यसका लागि हामी हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता र खेलकुदका सरोकारवालाहरूप्रति कृतज्ञ छौं ।

खेलाडी डटकम’ ले सुरुदेखि नै खेलकुदको बहुआयामिक महत्वको प्रवद्र्धन गर्ने प्रयासस्वरुप ताजा समाचार अपडेटसँगै नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद र खेलकर्मीका विषयमा नियमित गहन स्टोरीहरू पस्कँदै आएको छ । सप्ताहन्तमा बिदाको दिन ‘लिजर रिडिङ’ को रूपमा हामीले दिँदै आएको ‘शनिबारको दिन’ त्यही प्रयास हो ।

एउटा संस्थाका लागि सय दिने यात्रा भनेको सुरुआतमात्र हो । यही सुरुआती ऊर्जाले सयौं वर्षसम्म विधागत पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद र खेलाडीको सर्वाङ्गीण विकासमा सहयोगी भूमिका खेल्नुपर्नेछ । त्यसैले सय दिनको यात्रामा ‘खेलाडी डटकम’ कति खरो उत्रन सक्यो भन्ने मूल्यांकनको जिम्मेवारी हामी आदरणीय पाठकहरूप्रति समर्पण गर्न चाहन्छौं ।

सँगसँगै खेलकुदलाई उत्पादनमूलक क्षेत्रको रूपमा सुपरिचित गराउँदै यसलाई एउटा समृद्ध उद्योगको रूप दिने अभियानमा एउटा जिम्मेवार सञ्चारमाध्यमका लागि हामीले आफ्नो भूमिका राम्ररी बुझेका छौं । त्यो जिम्मेवारी ‘खेलाडी डटकम’ ले सधैं इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि जाहेर गर्न चाहन्छौं ।

फेरि पनि सय दिनको यो छोटो यात्रामा हामीलाई यति धेरै माया र विश्वास गर्नुहुने आदरणीय पाठकवर्ग, विज्ञापनदाताहरू र नेपाली खेलकुदका सरोकारवालाहरूप्रति ‘खेलाडी डटकम’ परिवार सदासर्वदा ऋणी रहनेछ । हामी इमान्दार र प्रतिबद्ध पत्रकारितामार्फत् त्यो ऋण तिर्नेछौं ।

यही सय दिनको अवसरमा नेपाली खेलकुदमा १०० अंकसँग जोडिएका केही सफलतालाई जोड्ने प्रयास गरेका छौं ।  

अजय फुयाल
प्रवन्ध सम्पादक


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC