कामना सेवा फुटसल कपमा २४ टोली

काठमाडौं । पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ ।

आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।  

कालोपुलस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ ९एन्फा०को फुटसल कमिटिको रहनेछ ।