वैशाख २६, २०८२ शुक्रबार | १४:०२:२२
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

विन्टर स्लाम रेस्लिङ यसै महिना

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले यसै महिना प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको चुनीखेल मैदानमा प्रतियोगिता पुस १७ गते हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

आयोजक नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराएअनुसार प्रतियोगितामा विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा गराइनेछ । जसअनुसार हेभी वेइट, हार्ड कोर, मिडल वेइट, ट्याग टिम र लाइट वेइटमा रेस्लरहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत हेभी वेइट च्याम्पियनले ८० हजार, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेइट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेइटमा विजेताले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

श्रेष्ठले प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीको सहभागिता रहने जानकारी गराइन ।

प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका वडा १३ को विशेष सहयोग रहने आयोजकले जनाएको छ । वडा १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले स्थानीय पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी संघकी महासचिव श्रेष्ठले कोभिड १९ को महामारीले थलिएको पर्यटनलाई माथि उकास्न प्रतियोगिताले मद्दत पुग्ने धारणा व्यक्त गरिन् । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP