वैशाख २६, २०८२ शुक्रबार | १३:५५:०५
भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन

कोभिड १९ का कारण चलामान बन्न नसकेकेको खेलकुदलाई नयाँ गति दिन्छुः घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले कोभिड १९ महामारीका कारण चलामान बन्न नसकेकेको खेलकुद गतिबिधीलाई नयाँ गतिमा अघि बढाउने बताएका छन् ।

मंगलबार राखेपमा पदभार ग्रहण गर्दे घिसिङले विगतको नेतृत्वले खेलकुद गतिबिधी चलायमान बनाउन प्रभावकारी कदम चाल्न नसकेको बताए ।

‘राष्ट्रिय खेलाडीहरुको बिमाको कुरा उठेको धेरै भइसकेको छ तर अहिले सम्म त्यो प्रक्रिया अघि बढेको छैन,’ घिसिङले भने,  ‘मेरो पहिलो प्राथमिकता भनेको राष्ट्रिय खेलाडीहरुको बिमा प्रक्रिया यथासिघ्र अघि बढाउने रहेको छ ।’उनले राखेपमाथि प्रश्न उठेकाले यसको समाधान गर्नुपर्ने समेत बताए ।

‘खेलकुद परिषद्को संस्थागतरुपमा ठुलो प्रश्न उठेको छ । यसलाई हटाउन पर्छ । खेलकुद परिषद् आशालाग्दो बाटोमा हिडेको संस्था हो भन्ने कुरालाई सहि सावित गर्नुपर्छ ।’

घिसिङले नवौं राष्ट्रिय खेलकुद नहुनु राष्ट्रको लागि ठुलो घाटा भएको बताए ।

‘नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता म आउनु भन्दा अघि हुनुपर्थ्यो । प्रतियोगिता हुन नसक्नु राष्ट्रको लागि ठुलो घाटा हो । यसले खेलकुद क्षेत्रमा लागेका खेलाडी, खेल ब्यवस्थापकलाई ठुलो घाटा भएको छ । त्यसैले नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर तुरुन्त काम र निर्णयहरु अगाडी बढाउनेछु,’ उनले भने, ‘नवौं राष्ट्रिय खेलकुदले राष्ट्रिय टोलीको तयारीलाई जोड्छ । राष्ट्रिय खेलकुद भनेको राष्ट्रिय टोली निर्माणको एउटा महत्वपूर्ण पक्ष पनि हो । नवौं राष्ट्रिय खेलकुद सकिनासाथ अन्तर्राष्ट्रिय सहभागीताको लागि बन्द प्रशिक्षण राख्नुपर्छ भन्ने ठानेको छु ।’

उनले राखेपको कार्य गतिमा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिए ।

‘राखेप राष्ट्रको एउटा महत्वपूर्ण निकाय हो । जसले खेलकुद क्षेत्रको मुल नेतृत्व गर्ने निकाय हो । नागरिकको स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको बिषय यो संस्था कमजोर हुनु भनेको राष्ट्रकै प्रतिष्ठासँग जोडिने कुरा हो । त्यसलाई यसलाई कमजोर बनाउन हुन्न । मेरो आह्वान पनि छ । विभागका साथीहरुसँग पनि बस्नेछु । संघहरुसँग पनि अन्तरक्रिया बस्नेछु । प्रशिक्षकहरुसँग पनि बस्छु, खेलाडीसँग पनि बस्छु म । सबैसँग बस्छु । तर म के चाहन्छु भने हिजो खेलकुद जुन गतिमा हिडेको थियो । अव गति परिवर्तन गर्नुपर्छ ।’

साथै घिसिङले ग्रासरुटबाटै खेलाडी उत्पादन गर्नतर्फ केन्द्रित हुने पनि बताए ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई सदस्यसचिवमा नियुत्त गरेको थियो ।

सदस्यसचिव घिसिङलाई मंगलबार नै युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले पद तथा गोेपनियताको सपथ गराएका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP