काठमाडौ । नविनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको सपथ गराए ।
घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सदस्यसचिवमा नियुक्त गरेको थियो ।
सपथ ग्रहणपछि सदस्यसचिव घिसिङले संविधान र खेलकुद विकास ऐन २०७८ अनुरुप काम गर्ने बताए ।