वैशाख २८, २०८२ आइतबार | २०:३८:२३
न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित

प्रशिक्षकको राजीनामा घोषणा प्रकरणमा छलफल गर्न एन्फाको बैठक बस्‍ने

काठमाडौं, (खेलाडी)- राष्‍ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामाको विषयमा छलफल गर्न शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आकस्मिक बैठक बस्‍ने भएको छ । 

प्रशिक्षक अब्दुल्लाहले आइतबार सामाजिक सन्जालमा एन्फा वरिष्‍ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले विगत तीन सातादेखि आफ्नो काममा अवरोध गरेको आरोप लगाउँदै  राजीनामा बुझाउन जान लागेको उल्लेख गरेका थिए । यद्यपि उनले एन्फामा राजीनामा भने बुझाइसकेका छैनन् । एन्फा प्रवक्ता किरण राईले आइतबार प्रशिक्षक अब्दुल्लाह तनावमा रहेकाले केही दिन आराम दिइएको प्रतिक्रिया दिएका थिए ।

यता नेम्वाङले भने आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नभएको भन्दै छानबिनको माग गरेका थिए । नेम्वाङले आफूमाथि व्यक्तिगत आक्षेप लगाउने उद्देश्यले प्रशिक्षकलाई समेत एन्फा राजनीतिमा संलग्‍न गराइएको भन्दै मंगलबार यस घटनाको सत्यतथ्य छानबिनको माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । नेम्वाङको निवेदनपछि एन्फाले शुक्रबार कार्यसमितिको आकस्मिक बैठक आह्‍वान गरेको हो । 

एन्फाले अहिलेसम्म प्रशिक्षक अब्दुल्लाह र वरिष्‍ठ उपाध्यक्ष नेम्वाङबीचको विवादका बारेमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP