वैशाख २६, २०८२ शुक्रबार | १६:०२:४३
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

एन्फा निर्वाचन जेठ १५ मा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति निर्वाचन आगामी जेठ १५ गते हुने भएको छ ।

हिजो (बिहीबार)देखि बसेको एन्फा कार्यसमितिको बैठकले आवधिक निर्वाचनका लागि जेठ १५ को मिति तय गरेको बैठकका एक सहभागीले खेलाडीलाई जानकारी गराए ।

२०७५ साल बैशाखमा भएको एन्फाको पछिल्लो निर्वाचनबाट कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । एन्फाको विधानअनुसार प्रत्येक चार वर्षमा आवधिक निर्वाचन गर्नुपर्छ ।

पूर्व अध्यक्ष गणेश थापाविरुद्ध आन्दोलनमा रहेको शेर्पा समूहले चार वर्षअघिको निर्वाचनमा क्लिन स्विप गरे पनि अहिले त्यही समूह दुई भागमा विभाजित भइसकेको छ ।

अध्यक्ष शेर्पाले फुटबल राजनीतिमा एक पक्षको नेतृत्व गरिरहेका छन् भने उनीसँग असन्तुष्ट वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा अर्को समूह सक्रिय छ ।

नेम्वाङलगायत कार्यसमितिका सात असन्तुष्ट पदाधिकारी तथा सदस्यहरुले बैठकको लिखित माग गरेपछि एन्फाको बैठक बिहीबारलाई बोलाइएको थियो । १९ एजेन्डामा छलफलका लागि बोलाइएको बैठकमा केन्द्रिय सदस्य किरण राईले थप्न चाहेका तीन सहित २२ विषयमा छलफल भइरहेको छ ।

बिहीबार बैठक सम्पन्न नभएपछि शुक्रबारसम्म लम्बिएको थियो । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP