सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा एनआरटी २–० ले अघि

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जारी खेलमा फ्रेन्डस क्लबविरुद्ध न्युरोड टिम(एनआरटी)ले २-० को अग्रता लिएको छ ।

पाँचौ मिनेटमा स्टेफिन विनोङको गोलमा एनआरटीले अग्रता लिएको थियो । विनोङले नविन गुरुङको पासलाई पोस्टको दिशा दिएका थिए । 

२०औं मिनेटमा मेसुके ओलोमोउले नविनको पासलाई जाली चुमाउँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।

२५औैं मिनेटमा नाथनियल जुड गार्सियाको फ्रिकिक बारमा लागेर फर्कदा फ्रेन्डसले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।

४१औं मिनेटमा विनोको प्रहारमा बार बाधक बन्दा एनआरटीले अग्रता बढाउने अवसर गुमाएको थियो ।

एनआरटी ६ खेलमा सात अंकसहित आठौं स्थानमा छ भने फ्रेन्डस ६ खेलमा मात्र तीन अंक बटुल्दै तालिकाको अन्तिम स्थानमा छ ।

एनआरटी पछिल्लो खेलमा एपिएफसँग ३-३ को बराबरीमा रोकिएको थियो भने फ्रेन्डस नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।