ओसुमाने डेम्बेले

बार्सिलोनामा डेम्बेलेको भविष्य अनिश्चित

बार्सिलोना । ओसुमाने डेम्बेले र बार्सिलोनाबीच सम्झौता नवीकरणबारे भएको वार्ता निष्कर्षविहीन रहँदै टुङ्गिएको छ । योसँगै फ्रेन्च फरवार्डले अर्को क्लबसँग सम्भावित कुरा अगाडि बढाउन मार्ग प्रशस्त गरिदिएको छ ।

डेम्बेलेको बार्सिलोनासँग ६ महिना मात्रै सम्झौता बाँकी छ । क्लबले डेम्बेलेले सधैँ सम्झौता नवीकरण गर्न चाहेको प्रचारबाजी गरिरहँदा फ्रेन्च फरवार्ड आफैँ पछि हटेका छन् ।

बार्सिलोनाले जनवरीभन्दा अगावै डेम्बेलेबाट उत्तरको अपेक्षा गरेको छ । तर, डेम्बेलेले सम्झैता नवीकरण गर्न नचाहने उत्तर बार्सिलोनाले चाहेको जवाफ होइन ।

जेरार्ड रोमेरोले गरेको दाबी अनुसार बार्सिलोनाले तलब कटौती गर्ने भएपछि उनी निराश बनेका हुन् । पछिल्लो वैठक पनि निष्कर्षविहीन बनेपछि २४ वर्षीय फरवार्ड डेम्बेले क्लबबाट बाहिरिने सम्भावना बढेको छ ।