रियाल मड्रिड

रियाल मड्रिडका थप चार खेलाडी कोभिड संक्रमित

मड्रिड । थिबाउट कोर्टुवा, एडुवार्डो कामाभिङ्गा, फेडेरिगो भल्भेर्डो र भिनिसिय जुनियर कोभिड १९ संक्रमित भएको स्पेनिस क्लब रियाल मड्रिडले पुष्टि गरेको छ ।

पछिल्लो हप्ता ला लिगाको शीर्ष स्थानमा रहेको मड्रिडले क्लबका केही खेलाडी कोभिड संक्रमित भएको सार्वजनिक गरेको थियो । र अहिले यस सुचीमा थप चार खेलाडी थपिएका हुन् ।

मड्रिडले बुधबार एक विज्ञप्ती जारी गर्दै कोर्टुवा, कामाभिङ्गा, भल्भेर्डो र जुनियर कोभिड संक्रमित भएको जनाएको हो ।

मड्रिडले लिगमा आइतबार गोटाफेको सामना गर्दैछ ।

मड्रिडले यसअघि डिसेम्बर २१ मा डेभिड अलाबा र इस्को कोभिड संक्रमित भएको जनाएको थियो ।

लुका मोड्रिच र मार्सेलो पनि क्वारेन्टिनमा छन् । त्यस्तै डिसेम्बर १६ मा ग्यारेथ बेल, मार्को एसेन्सियो, रोड्रिगो, एन्ड्रि लुनिन र प्रशिक्षक कार्लो एन्सेट्टीका छोरा तथा क्लबका प्राविधिक सहयोगी डेभिड कोभिड संक्रमित भएका थिए ।