जेष्ठ २०, २०८२ सोमबार | १७:५२:४७
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

दोस्रो वडा अध्यक्ष फुटबल कप सुरु, दुवै विधामा सरस्वतीको विजयी सुरुआत

ललितपुर । गोदावरी नगरपालिका वडा नं १२ को आयोजनामा अन्तरविद्यालय वडा अध्यक्ष फुटबल कपको दोस्रो संस्करण बिहीबारबाट सुरु भएको छ ।

गोदावरी-१२ स्थित दुरिखेल मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो दिन सरस्वती मा.वि.ले छात्र/छात्रा दुवै विधामा विजयी सुरुआत गरेको छ । यसबाहेक छात्रातर्फ एकता एकेडेमी र छात्रतर्फ इन्द्रेणी मा.वि.ले पनि जित हासिल गर्यो ।

उद्घाटन खेलमा छात्रातर्फको प्रतिस्पर्धामा प्रनिशा लोहरको गोल निर्णायक बन्दा एकताले इन्द्रेणीलाई १-० ले निराश पार्यो । छात्रातर्फकै दोस्रो प्रतिस्पर्धामा सरस्वतीले सोमाङ एकेडेमीविरुद्ध ४-१ को सानदार जित हासिल गर्यो । सरस्वतीको जितमा गुनुमाया खड्काले दुई गोल गर्दा अप्सरा नेपाली र रेजीना नापितले समान एक गोल गरे । सोमाङका लागि लक्ष्मी रोकायाले गरेको गोल सान्त्वना बन्यो ।

छात्रतर्फको पहिलो खेलमा सरस्वतीले सेन्ट पल मा.वि.विरुद्ध १-० को कठिन जित हासिल गर्यो । सरस्वतीका लागि विश्वास चापाङले निर्णायक गोल गरे । छात्रतर्फको दोस्रो खेलमा इन्द्रेणीले बाल अंकुरमाथि ३-० को सहज जित हासिल गर्यो । इन्द्रेणीको जितमा सफिक महर्जन, निर्वोन महर्जन र स्यामुवेल कपालीले गोल गरे ।

वडाभित्रका विद्यालयबीच छात्र/छात्रा दुवै विधामा भइरहेको प्रतियोगितामा सरस्वती मा.वि., सेन्ट पल मा.वि., बाल अंकुर मा.वि., इन्द्रेणी मा.वि., दीपमाला मा.वि, लिटिल स्टार मा.वि., एकता एकेडेमी, थेच्व नेवा इङ्लिस स्कुल र सोमाङ एकेडेमीको सहभागिता छ । यीमध्ये सेन्ट पलले छात्रमा मात्र प्रतिस्पर्धा गर्नेछ ।

छात्रतर्फ सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सरस्वती, सेन्ट पल, बाल अंकुर, इन्द्रेणी र दीपमाला तथा समूह ‘बी’मा साबिक विजेता सोमाङ, लिट्टल स्टार, एकता र थेच्व नेवा छन् ।

यसैगरी छात्रातर्फ पनि सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा इन्द्रेणी, एकता, सोमाङ र सरस्वती तथा समूह ‘बी’मा दीपमाला, बाल अंकुर, लिटिल स्टार र थेच्व नेवाले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् ।

लिग कम नकआउट पद्धतिमा हुन लागेको प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

दुवैतर्फका विजेताले २० हजार तथा उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडलसहित प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ । ९ दिनसम्म चल्ने प्रतियोगिताको फाइनल जेठ २४ गते हुनेछ ।

बिहीबार गोदावरी-१२ का वडा अध्यक्ष जगतबहादुर महर्जनको प्रमुख आतिथ्य तथा गोदावरी नगरपालिका खेलकुद संयोजक निरोज बज्राचार्य, आठौं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता गंगाराम महर्जन, गोदावरी-१२ वडा सदस्य अशेष महर्जन लगायतको उपस्थितिमा प्रतियोगिता औपचारिक रुपमा उद्घाटन भएको थियो ।

शुक्रबार छात्रातर्फ दुई र छात्रतर्फ तीन खेल हुनेछन् । छात्रातर्फ दीपमालाले बाल अंकुरसँग र थेच्व नेवाले लिट्टल स्टारसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

त्यस्तै छात्रतर्फ लिट्टल स्टारले एकताको सामना गर्दा थेच्व नेवा र सोमाङबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा सरस्वती र दीपमाला आमने-सामने हुनेछन् ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC