काठमाडौं । आयोजक परराष्ट्रय मन्त्रालयको ‘बी’ टोलीले प्रथम डिप्लोम्याटिक कपमा बिहीबार दोहोरो जित दर्ता गरेको छ ।
बालुवाटारस्थित ढुकु फुटसल हबमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा परराष्ट्र मन्त्रालयको ‘बी’ टोलीले चिनियाँ राजदूतावासलाई ४-० तथा नर्वे राजदूतावासलाई १०-३ ले पराजित गर्यो ।
यसैगरी बिहीबारै सम्पन्न खेलमा अस्ट्रेलियन राजदूतावासले बंगलादेश राजदूतावासलाई ३-० तथा रुसी राजदूतावासलाई ५-० ले हरायो ।
यता सार्क सचिवालयले रुसलाई ४-३ तथा बंगलादेशलाई ८-० ले निरास बनायो । यस्तै चीनले नर्वेलाई ५-१ तथा भारतीय राजदूतावासले आयोजक परराष्ट्र मन्त्रालयको ‘ए’ टोलीलाई ३-२ ले हराए ।
स्विस राजदूतावासले युएई राजदूतावाससँग ५-१ तथा अमेरिकी रादूतावाससँग ६-२ को हार बेहोर्यो ।
१३ टोली सहभागी प्रतियोगिताका बाँकी खेल आइताबार हुनेछन् ।
परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्र राजभण्डारी र भारतीयका राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले संयुक्तरूपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।