काठमाडौं । अन्तिम समययको गोलले इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा आइतबार फिलाडेल्फिया युनियनलाई ३-३ को बराबरीमा रोकेको छ ।
यो नतिजासँगै १५ खेलमा ३० अंक जोडेको फिलाडेल्फिया इस्टर्न कन्फिरेन्सको शीर्ष स्थानमा छ । मियामी १४ खेलबाट २३ अंकका साथ छैटौं स्थानमा छ ।
सुबारु पार्कमा घरेलु टोली फिलाडेल्फियाका लागि ताई बारिबोले दुई तथा क्विन सुलिभनले एक गोल गरे । मियामीका लागि तादेओ एलेन्डे, कप्तान लियोनल मेसी र टेलास्को सेगोभियाले गोल गरे ।
खेलमो सातौं मिनेटमा सुलिभनको गोलमार्फत फिलाडेल्फियाले अग्रता लिएको थियो । पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेटबाँकी रहँदा बारिबोले टोलीको अग्रता दोब्बर बनाए ।
एलेन्डेले ६०औं मिनेटमा गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ७३औं मिनेटमा बारिबोले व्यक्तिगत दोस्रो गोल गर्दाै फिलाडेल्फियालाई ३-१ ले अगाडि बढाए ।
मेसीले ८७औं मिनेटमा मियामीका लागि दोस्रो गोल गरे । इन्जुरी समयमा सोगोभियाले गोल गर्दै मियामीलाई हारबाट जोगाए ।