काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) ले शनिबार रिम्सविरुद्ध ३-० को सहज जित निकाल्दै फ्रेन्च कपको उपाधि उचालेको छ ।
पिएसजी लगातार दोस्रो तथा समग्रमा १६औं पटक च्याम्पियन बनेको हो ।
स्टेड डे फ्रान्समा पिएसजीलाई जित दिलाउन ब्राडली बार्कोलाले दुई तथा अचरफ हाकिमीले एक गोल गरे । तीनै गोल पहिलो हाफमा भएको हो ।
खेलको १६औं मिनेटमा बार्कोलाको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा हाकिमीले टोलीका लागि तेस्रो गोल गरे । त्यसपछि थप गोल निस्कन सकेन ।
यससँगै पिएसजी कन्टिनेन्टल ट्रेबल उपाधि (घरेलु लिग, कप र च्याम्पियन्स लिग) नतिजक पुगेको छ ।
अब शनिबार हुने च्याम्प्यिन्स लिग फाइनलमा इन्टर मिलानलाई पराजित गर्न सके पिएसजीले पहिलो ट्रेबल उपाधि जित्नेछ ।
भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC