वैशाख २६, २०८२ शुक्रबार | १५:४५:१०
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

‘ए’ डिभिजन लिगमा गोल्डेन बुटको दौड

काठमाडौं । मंसिर तीन गतेदेखि सुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौं चरणको खेल सकिँदासम्म ६ खेलबाट १४ अंक जोडेको साविक विजेता मछिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा छ ।

उपाधिको सबैभन्दा ठूलो दाबेदारीसाथ लिगमा दबदबा कायम गरेको मछिन्द्रले सातौं चरणमा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबविरुद्ध जित निकाले एएफसी कप २०२२ छनोट चरणमा स्थान पक्का गर्नेछ ।

एएफसी कपमा लिग विजेता टोलीले स्थान बनाउने नियम छ र नेपाली लिग सकिन अझै सात चरणका खेल बाँकी नै छन् । तर, एएफसीले निर्धारित गरेको समय सीमाभित्र नेपाली लिग समाप्त नहुने भएपछि लिगका क्लबहरुले सर्वसम्मतीमा सातौं चरणसम्म शीर्ष स्थानमा रहने टोलीले एएफसी कपको छनोट खेल्ने छ । यसैकारण पुलिसविरुद्ध जित निकाले मछिन्द्र एएफसी कप २०२२ मा छनोट हुने भएको हो ।

मछिन्द्रलाई तालिकामा ६ खेलबाट १३ अंक जोडेको मनाङ मर्स्याङ्दीले पछ्याइरहेको छ ।

छैटौं चरणको समाप्तिसँगै लिगको पुछारमा रहेका क्लबहरूबीच रेलिगेसन क्षेत्रबाट उम्कँदै लिगमा आफ्नो अस्तित्वलाई बचाइराख्न चर्को प्रतिस्पर्धा सुरु भइसकेको छ ।

लिगको पुछारमा ६ खेलबाट चार अंक जोडेको च्यासल र समान खेलबाट तीन अंक जोडेको फ्रेन्ड्स रेलिगेसनबाट जोगिन संघर्षरत छन् ।

गोल्डेन बुटको प्रतिस्पर्धा

जारी लिगको छैटौं चरण समाप्तीसम्म गोल्डेन बुटको दौडमा दुई नेपाली र  एक विदेशी स्ट्राइकर छन् । जसमा नवप्रवेशी सातदोबाटोका अजयी मार्टिन, मछिन्द्र फुटबल क्लबका सुनिल बल र एपिएफका आशिष लामा छन् ।

तीनै खेलाडीले लिगमा चार गोल गर्दै आफूलाई गोल्डेन बुट दाबेदारको अग्रस्थानमा राखेका छन् ।

सातदोबाटोका मार्टिनले एपिएफविरुद्ध ह्याट्रिक र आर्मीविरुद्ध एक गोल गरेका थिए । उनले लिगको सुरुआती ६ खेलमा पूरा पाँच सय ४० मिनेट खेलेका छन् ।

मछिन्द्रका सुनिलले न्युरोड टिम एनआरटीविरुद्ध दुई र हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबविरुद्ध समान एक गोल गरेका थिए । सुनिलले ६ खेलमा चार सय ७० मिनेट खेलेका छन् । जावलाखेलविरुद्ध वैकल्पिक खेलाडीको रुपमा २० मिनेट बाहेक अन्य खेलमा ९० मिनेटै मैदानमा बिताएका छन् ।

आशिष लामाले फ्रेन्ड्सविरुद्ध दुई, ब्रिगेड ब्वाईज क्लब (बिबिसी) र एनआरटीविरुद्ध एक/एक गोल गरे । गत सिजन लिगमा सर्वाधिक नौ गोल गरेका आशिषले पाँच सय ३६ मिनेट खेलेका छन् । फ्रेन्ड्सविरुद्ध ८६औं मिनेटमा मैदान बाहिरिँदाबाहेक आशिष अन्य खेलमा पूरा ९० मिनेट मैदानमा दौडिएका छन् ।

सर्वाधिक गोलकर्तामा नाम लेखाउन चार गोल गरेका माथिका तीन खेलाडीलाई तीन गोल गरेका पाँच खेलाडी पछ्याइरहेका छन् । संकटाका निरज बस्नेत, उत्तम राई, पुलिसका सुमन लामा, शेर्पाका विदेशी खेलाडी मुतम्बा पिस्टोन र च्यासलका रुमेश बर्तौलाले समान तीन गोल गरेका छन् ।

यस्तै नौ खेलाडीले दुई गोल गरेका छन् । बिबिसीका दिनेश राई, मनाङका दिनेश राजवंशी र कप्तान अन्जन विष्ट, एपिएफका विक्की तामाङ, एनआरटीका दर्शन गुरुङ, हिमालयन शेर्पाका सुरेश कुमाल, संकटाका लक्ष्मण रुचाल र जावलाखेलका निकोलस फर्नान्डेज छन् ।

लिगमा ३३ खेलाडीले एक/एक गोल गरेका छन् । हालसम्म दुई आत्मघाती गोल भएका छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP