बार्सिलोना

बार्सिलोना भित्रिनु करियरकै सबैभन्दा ठुलो कदमः टोरेस

मड्रिड । मंगलबार मात्रै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट स्पेनिस क्लब बार्सिलोना अनुबन्ध भएका फेरन टोरेसले क्याटालन क्लबसँग जोडिनु करियरकै सबैभन्दा ठुलो कदम भएको बताएका छन् ।

स्पेनका २१ वर्षीय फरवार्ड टोरेस गत सिजन स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी भित्रिएका थिए ।

‘बार्सिलोनाजस्तो ठुलो क्लबमा छोडिन पाउँदा म निकै खुशी छु । म एक खेलाडीका रुपमा विश्वकै सर्वोत्कृष्ट क्लब बार्सिलोनालाई स्वभाविक लयमा फर्काउन सहयोग गर्नेछु,’ टोरेसले भने, ‘म यहाँ हुन पाउँदा खुशी छु । यो मेरो करियरलाई अझ उत्कृष्ट बनाउने यात्राको सबैभन्दा ठुलो कदम हो ।’

बार्सिलोनाको नयाँ प्रशिक्षक जाभी हर्नान्डेजको बारेमा बोल्दै टोरेसले जाभीजस्तो उत्कृष्ट फुटबल करियर रहेको व्यक्तिसँग काम गर्न उत्साहित रहेको बताए ।

‘मलाई जाभीको उत्कृष्ट फुटबल करियरबारे राम्रो ज्ञान छ । अहिले प्रशिक्षकको रुपमा जाभी राम्रो छन्,’ टोरेसले भने ।