म्यानचेस्टर सिटी

डी ब्रुयना अझ उत्कृष्ट लयमाः ग्वार्डिओला

लन्डन । इङ्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मिडफिल्डर केभिन डी ब्रुयना अझ उत्कृष्ट लयमा रहेका बताएका छन् ।

‘डी ब्रुयनाको प्रदर्शन अझ राम्रो हुँदै गइरहेको छ । उनीसँग केही फरक कला छ । हामीलाई थाहा छ उनी असाधारण खेलाडी हुन्,’ ग्वार्डिओलाले भने, ‘सिजनको सुरुआतमा उनी स्वभाविक लय समात्न संघर्षरत थिए । र, अहिले उनी उत्कृष्ट लयमा फर्किसकेका छन् । उनी गोल र असिस्ट दुबैका लागि माहिर खेलाडी हुन् ।’

डी ब्रुयनाले यस सिजन प्रिमियर लिगको १३ खेलमा पाँच गोल गरेका छन् ।

सन् २०१५ को अगस्ट १५ मा इतिहाद रंगशाला भित्रिएका डी ब्रुयनाले पछिल्लो ६ वर्षमा क्लबका लागि सर्वाधिक असिस्ट (७७) र ‘चान्स क्रियट’ (५७२) गराएका छन् ।