जेष्ठ १९, २०८२ आइतबार | ०५:२९:५८
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

तेस्रो स्थानमा उक्लियो म्यानचेस्टर सिटी

काठमाडौं । बर्नमाउथविरुद्ध ३-१ को जित निकाल्दै म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै सिटीले ३७ खेलमा ६८ अंक जोडेको छ । पराजित बर्नमाउथ समान खेलबाट ५३ अंकका साथ ११औं स्थानमा छ ।

मंगलबार इत्तिहाद रंगशालामा घरेलु टोलीलाई जित दिलाउन ओमर मर्मश, बर्नार्डो शिल्भा र निको गोन्जालेजलेले गोल गरे । बर्नमाउथका लागि डान जेबिसनले एक गोल फर्काए ।

खेलको १८औं मिनेटमा मर्मशको गोलमार्फत सिटीले अग्रता लिएको थियो । २८औं मिनेटमा सिल्भाले टोलीको अग्रता दोब्बर बनाए ।

माटियो कोभासिसले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि सिटी १० खेलाडीमा समेटियो । त्यसको ६ मिनेट पछि बर्नमाउथका लेविस कुकले पनि रातो कार्डको सामना गर्दै मैदान छाडे ।

गोन्जालेजले ८९औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमा जेबिसनले गरेको गोल बर्नमाउथका लागि सान्त्वना बन्यो ।

यो मिडफिल्डर केभिन डी ब्रुएनाका लागि घरेलु मैदानमा यो अन्तिम खेल थियो । उनी यो सिजनको अन्त्यसँगै सिटी छाड्दैछन् । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL