जेष्ठ १९, २०८२ आइतबार | ०५:३२:१८
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक

दक्षिणकालीविरुद्ध प्लेयस अफ द म्याच’ घोषित गोदावरीका गोलकिपर विवेक शिलवाल, तस्विरः केशव थापा/खेलाडी ।

काठमाडौं । गोलकिपर विवेक शिलवाल नायक बन्दा आयोजक गोदावरी नगरपालिका उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कपको फाइनलमा प्रवेश गरेको छ ।

गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा गोदावरीले दक्षिणकाली नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । पेनाल्टीमा विवेकले दुई प्रहारलाई बचाएका थिए ।

निर्धारित समयमा दुवै टोलीबाट २-२ गाेल भएपछि खेलको निर्णय पेनाल्टीबाट लिएएको हो ।

पेनाल्टीमा गोदावरीका लागि पासाङ लामा, सुरज चित्रकार, सागर तामाङ र अरुण लामाले गोल गरे । आशिष शाहीको प्रहारलाई भने दक्षिणकालीका गोलपिकर हरिशंकर तामाङले बचाए ।

यता दक्षिणकालीका लागि बिकी महर्जन, रिजन श्रेष्ठ र रोजन लामाले गोल गरे । कप्तान नवीन लामा र अनिल बलामीको प्रहारमा भने विवेक बाधक बने ।

त्यसअघि खेलको १५औं मिनेटमा अमित तामाङको गोलमार्फत दक्षिणकालीले अग्रता लिएको थियो । ५०औं मिनेटमा पासाङ लामाले गोदावरीलाई बराबरीमा ल्याए ।

दक्षिणकाली र गोदावरी (रातो जर्सी) प्रतिस्पर्धा गर्दै,तस्विरः केशव थापा/खेलाडी । 
 

नवीनले ८२औं मिनेटमा गोल गर्दा दक्षिणकाली २-१ ले अगाडि बढ्यो । तर इन्जुरी समयमा गोदावरीका अनिल बम्जन लामाले गोल गरेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।

गोदावरी समूह ‘ए’ तथा दक्षिणकालीसमूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । 

समूह चरणमा महालक्ष्मी नगरपालिकालाई ६-१ ले तथा बागमती गाउँपालिकालाई ७-० ले हराएको गोदावरीले ललितपुर महानगरपालिकासँग १-१ को बराबरी खेलेको थियो ।

दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५-० तथा चन्द्रागिरी नगरपालिकालाई २-१ ले  पराजित गरेको थियो ।

गोदावरीले उपाधिका लागि काठमाडौं महनगरपालिकाको सामना गर्नेछ । साबिक विजेता काठमाडौंले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा कीर्तिपुर नगरपालिकाविरुद्ध ३-० को सहज जित दर्ता गरेको थियो । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL