जेष्ठ ३१, २०८२ शुक्रबार | ०८:५७:२१
थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान मेलम्चीकाे विजयी सुरुआत

ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा

काठमाडौं । ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार श्री कुमारी क्लबविरुद्ध ५३ को जित दर्ता गरेको छ ।

यो नतिजासँगै तेस्रो स्थानमा उक्लिएको ब्वाइज युनियनले ११ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट १३ अंकका साथ १०औं स्थानमा रहेको कुमारीमाथि भने रेलिगेसनको खतरा कायमै छ ।

ब्वाइज युनियनलाई जित दिलाउन दिव्यविक्रम चौधरीले दुई तथा सुजित बुढाथोकी, विनोद राई र सुसन लामाले समान एक गोल गरे । कुमारीका पाल्देन तामाङ, अरुण शाह र यमन महर्जनले गोल फर्काए ।

खेलको १९औं मिनेटमा पाल्देनको पेनाल्टी गोलमार्फत कुमारीले अग्रता लिएको थियो । पाँच मिनेट पछि नै सुजितले ब्वाइज युनियनलाई बराबरीमा ल्याए ।

विनोदले ३२ र दिव्यविक्रम ५७औं मिनेटमा गोल गर्दा ब्वाइज युनियन ३-१ ले अगाडि बढ्यो । ६३औं मिनेटमा कुमारीका अरुणले गोल गर्दा खेल ३-२ को स्थितीमा आयो ।

सुसनले ८७औं मिनेटमा ब्वाइज युनियनका लागि चौथो गोल गरे । त्यसको दुई मिनेट पनि नै यमनले गोल गर्दै कुमारीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

 इन्जुरी समयमा दिव्यविक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइज युनियनको जित पक्का गरे ।


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?