माघ ९, २०८२ शुक्रबार | १६:०१:३०
पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह पहिलो एकदिवसीयमा इङ्ल्यान्डलाई श्रीलंकाले हरायो अन्तिम खेलमा वेष्ट इन्डिजको जित एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य

ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा

काठमाडौं । ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार श्री कुमारी क्लबविरुद्ध ५३ को जित दर्ता गरेको छ ।

यो नतिजासँगै तेस्रो स्थानमा उक्लिएको ब्वाइज युनियनले ११ खेलबाट १९ अंक जोडेको छ । समान खेलबाट १३ अंकका साथ १०औं स्थानमा रहेको कुमारीमाथि भने रेलिगेसनको खतरा कायमै छ ।

ब्वाइज युनियनलाई जित दिलाउन दिव्यविक्रम चौधरीले दुई तथा सुजित बुढाथोकी, विनोद राई र सुसन लामाले समान एक गोल गरे । कुमारीका पाल्देन तामाङ, अरुण शाह र यमन महर्जनले गोल फर्काए ।

खेलको १९औं मिनेटमा पाल्देनको पेनाल्टी गोलमार्फत कुमारीले अग्रता लिएको थियो । पाँच मिनेट पछि नै सुजितले ब्वाइज युनियनलाई बराबरीमा ल्याए ।

विनोदले ३२ र दिव्यविक्रम ५७औं मिनेटमा गोल गर्दा ब्वाइज युनियन ३-१ ले अगाडि बढ्यो । ६३औं मिनेटमा कुमारीका अरुणले गोल गर्दा खेल ३-२ को स्थितीमा आयो ।

सुसनले ८७औं मिनेटमा ब्वाइज युनियनका लागि चौथो गोल गरे । त्यसको दुई मिनेट पनि नै यमनले गोल गर्दै कुमारीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।

 इन्जुरी समयमा दिव्यविक्रमले व्यक्तिगत दोस्रो गोल गर्दै ब्वाइज युनियनको जित पक्का गरे ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate