वैशाख ३०, २०८२ मंगलबार | १६:२५:२७
नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी

धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा

नयाँबस्ती युवा क्लबविरुद्ध प्रतिस्पर्धा गर्दै धिरेन्द्र (११ नम्बर जर्सी) ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिग सरस्वती युथ क्लबका फरवार्ड धिरेन्द्रबहादुर शाहको प्रतिबन्ध फुकुवा गरेको छ ।

एन्फाले मंगलबार सरस्वतीलाई पत्र पठाउँदै खेल्न योग्य रहेको जानकारी दियो । योसँगै उनले लिगका अन्तिम तीन खेल खेल्न पाउने भएका छन् । सरस्वतीले अहिले वीरगञ्ज युनाइटेडसँग खेलिरहेकाे छ । 

सरस्वतीको खोसिएको तीन अंक पनि फिर्ता भएको छ । योसँगै सरस्वतीको १० खेलबाट १२ अंक पुगेको छ ।  अंक  थपिएसँगै सरस्वतीले रेलिगेसन क्षेत्र छाडेकाे छ । 

‘अखिल नेपाल फुटबल संघको अपिल समितिले सरस्वती युवा क्लबका खेलाडी धिरेन्द्रबहादुर शाहलाई जारी शहिद स्मारक बी डिभिजन लिग २०८१ मा खेल्न अनुमति दिएको छ,’ एन्फाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ , ‘यसअघि एन्फाको प्रतियोगिता समिति र अनुशासन समितिले गरेको निर्णयलाई बदर गर्दै अपिल समितिले शाहलाई खेल्न बाटो खुला गरिदिएको हो । समितिले यसअघि नयाँ बस्ती युवा क्लबलाई सरस्वतीविरुद्धको खेलमा दिएको ३–० को नतिजालाई उल्ट्याउँदै सरस्वतीको पक्षमा निर्णय लिएको छ ।’

एन्फाका अनुसार नयाँ बस्ती युथ क्लबका टिम म्यानेजर विकास राईले चैत ७ गते आफ्नो क्लबसँग भएको खेलमा धिरेन्द्रविरुद्ध उजुरी गरेका थिए । उक्त उजुरी उपर छानबिन गर्दा  धिरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको देखिएको दाबी एन्फाको थियो । 

धिरेन्द्रले २०७९ ‘बी’ डिभिजन लिगका लागि टुसाल युथ क्लबसँग सम्झौता गरेका थिए । तर लिग समयमै नभएपछि उनले जारी लिगमा सरस्वती युथ क्लबबाट खेलेका थिए ।

धिरेन्द्रले सरस्वतीबाट लिगमा सुरुआती दुई खेल खेल्दा दुई गोल गरेका थिए । त्यसयता भने एन्फाले धिरेन्द्रलाई लिग खेल्न रोक लगाइएकाे थियाे । प्रतिबन्धका कारण उनले आठ खेल गुमाएका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP