वैशाख २६, २०८२ शुक्रबार | १६:४२:१४
एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि

च्याम्पियन बन्ने लक्ष्यमा एपिएफ र पुलिस

ट्रफीका साथ दुवै टोलीका कप्तान र प्रशिक्षक ।

बाँके । पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल शुक्रबार नेपालगञ्ज रंगशालामा हुँदैछ । फाइनल अघि बिहीबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान र प्रशिक्षकले आफु नै उपाधिको हकदार भएको दाबी गरेका छन् ।

दिउँसो ४ बजे सुरु हुने फाइनल जित्दै पुलिस एपिएफको अपराजित यात्रामा पूर्णविराम लगाउन चाहन्छ । २०७९ साल यता एपिएफलाई कुनै पनि टोलीले पराजित गर्न सकेको छैन । त्यतीबेला च्याम्पियन बनेकाे पुलिस पनि त्यसयता उपाधिविहिन छ ।

त्यसयता एपिएफले दुई पटक महिला लिग जितिसकेको छ । यस्तै टोलीले इलाम र चितवन गोल्डकपको उपाधि पनि उचालेको छ ।

पुलिसका प्रशिक्षक सुमन सुवेदीले एपिएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहे पनि उपाधि जित्न खेल्ने बताए । ‘एपिएफका अधिकांश खेलाडीसँग राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । तर, पछिल्लो खेल हामीले उनीहरूको राम्रोसँग हेरेका छौं । त्यही अनुसार योजना बनाउने छौं । उपाधि जित्नु नै हाम्रो एकमात्र लक्ष्य हो ।’

पुलिसकी कप्तान निरु थापा पनि युवा खेलाडीको प्रदर्शन राम्रो भएकाले उपाधि जित्नेमा विश्वस्त छिन् । ‘ युवा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । उनीहरूले नेपालगञ्जको गर्मीमा पनि निकै राम्रो खेल्दा हामीलाई हौसला मिलेको छ । एपिएफ बलियो टोली हो । तर हामी पनि आफ्नोतर्फबाट शतप्रतिश दिँदै उपाधि जित्ने प्रयास गर्नेछौं ।’

यसअघि पुलिसले पहिलो खेलमा भारतको सिलिगुढी एफसीलाई ४-० ले र सेमिफाइनलमा विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६-५ ले हराएको थियो ।  

अन्तरालको आयोजना बाँके जिल्ला फुटबल संघको सहकार्यमा पहिलो पटक भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । त्यस्तै विधागत सर्वोत्कृष्ट खेलाडीले पनि मेडल प्राप्त गर्नेछन् ।

यता, एपिएफले पहिलो खेलमा कर्णाली प्रदेश फुटबल संघलाई ६-० तथा सेमिफाइनलमा रौतहटलाई ३-० ले पराजित गरेकाे थियो ।

एपिएफकी प्रशिक्षक भगवती थापाले रौतहटविरुद्ध केही गाह्रो भए पनि फाइनलमा पुलिसको सामना गर्न तयार रहेको बताइन् । ‘सेमिफाइनलमा सुरुमै गोल भएन । त्यसैले दबाब भयो । फाइनलमा हामी त्यस्तो हुनदिदैनों,’ थापाले भनिन्, ‘यहाँको मौसमले पनि हामीलाई गाह्रो भएको हो । विभागीय डर्बीमा हामी स्वभाविक खेल खेल्छौं ।’

एपिएफकी कप्तान अनिता बस्नेतले पनि उपाधि जित्न तयार भएको बताइन् । ‘अघिल्लो वर्ष लगातार तीन उपाधि जित्यौं । अब, २०८२ को पहिलो उपाधिका रूपमा लुम्बिनी कप भित्र्याउन चहान्छौ,’ अनिताले भनिन् ।

यो सिजन एपिएफ र पुलिस दोस्रो पटक फाइनलमा भिड्दैछन् । यसअघि राष्ट्रिय महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई निरास बनाएको थियो ।

एपिएफले इलाम र चितवनमा भने आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP