सहिद स्मारक ‘ए’ डिभिजन लिग

बल पोलमा लाग्ने रोग हटेको छैनः किशोरकुमार केसी

काठमाडौं । जावलाखेल युथ क्लबका प्रशिक्षक किशोरकुमरा केसीले सातदोबाटो युथ क्लबविरुद्ध हात पारेको २-० को सहज जितका लागि खेलाडीलाई धन्यवाद दिएका छन् ।

‘हामीले आज राम्रो खेल खेल्दै सहज जित हात पार्न सफल भयौ’, केसीले भने, ‘त्यसमा खुशी छु । तर हाम्रो टोलीको पहिलो खेलबाटै राम्रो राम्रो अवसरहरुमा पोल बाधक बन्दै आएको छ । त्यो रोग अझै हटेको छैन ।'

केसीले दोस्रो हाफमा आफूले सुरज ज्यु ठकुरीको स्थानमा विपिन कडेललाई मैदान प्रवेश गराउने जोखिम उठाएको र त्यो रणनिती सफल भएको बताए ।

‘सुरजले राम्रो प्रदर्शन गर्न सकिरहेको थिएन । त्यसैले उनको स्थानमा विपिनलाई मैदान प्रवेश गराए', केसीले भने, ‘त्यो रणनिती सफल भयो । विपिन उत्कृष्ट खेलाडी हुन् । आगमी दिनमा टोलीले विपिनबाट धेरै अपेक्षा गरेको छ । ’

केसीले पछिल्लो खेलहरुमा टोलीले लगातार राम्रो नतिजा ल्याइरहेकाले आफूहरुले लिएको शीर्ष चारको लक्ष्य अझै कायम रहेको बताए ।

सुरुआती तीन खेल गुमाएको जावलाखेलले चौथो चरणमा ब्रिगेड व्बाइजविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पाँचौ खेलमा भने जावलाखेलले च्यासल युथ क्लबलाई १-० ले हराएको थियो ।