वैशाख २८, २०८२ आइतबार | १९:४८:२४
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

शीर्ष तीनमा पर्ने संकटाको लक्ष्य: प्रशिक्षक गुरुङ

काठमाडौं । ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–० को फराकिलो जितपछि संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो टोलीको अबको लक्ष्य शीर्ष तीनमा अटाउने भएको बताएका छन् ।

आइतबार दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा ३–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा सोही अग्रताको बचाउ गर्दै स्पष्ट तीन अंक हासिल गर्यो ।

‘आजको खेल हाम्रा लागि सहज थियो, उनीहरूको मुख्य खेलाडी रुडिगर खेलेका थिएनन्’ खेलपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक गुरुङले भने, ‘हामीले पहिलो हाफमा केही मौका बनाएको थियो ।’

पहिलो हाफमा आफ्नो टोलीले रणनीति परिवर्तन गरेर खेलेको र योभन्दा प्रदर्शन अझै सुधार गर्नुपर्ने स्थान रहेको उनले बताए ।

‘यो हामीले खेल्ने स्तर होइन । अझै राम्रो खेल्नु पर्छ’ उनले भने, ‘दोस्रो हाफमा हामीले धेरै प्रयास गर्यौं । फिनिसिङमा समस्या देखियो ।’

यस्तै, पराजित टोली ब्रिगेडका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले सुरुआतदेखि नै मोमेन्टम क्याच गर्न नसक्दा हार्नु परेको प्रतिक्रिया दिए ।

‘खेलमा मोमेन्टमको कुरा गर्दा हामीले सुरुमै गोल खायौं । हेर्दा अफसाइड जस्तो पनि लागेको थियो,’ खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसपछि सेकेन्ड... त्यसपछि थर्ड गोल खान पुग्यौं । दोस्रो गोल डिफेन्डरको गल्तीले खान पुग्यौ । तेस्रो पनि गल्तील नै खानु पर्यो ।’

खेलको सुरुआतदेखि नै मोमेन्टम क्याच गर्न नसेके पनि दोस्रो हाफमा भने आफ्नो टोलीले राम्रो खेलेको प्रशिक्षक श्रेष्ठको प्रतिक्रिया थियो ।

हारसँगै रेलिगेसन जोनमा ब्रिगेडमाथि दबाब सिर्जना भएको उनले बताए । आफ्नो टोलीका महत्त्वपूर्ण विदेशी खेलाडी दोहोरो पहेँलो कार्डका कारण आजको खेलमा अनुपस्थित रहँदा उसको अभाव खड्किएको उनले बताए ।

टोलीमा खेलडी थप्नेबारे प्रशिक्षक श्रेष्ठले भने, ‘हाम्रो दक्षिण एसियाली कोटा बाँकी छ, क्लबले फलोअप गर्दैछ । मनाङविरुद्धको खेलसम्म आइपुग्छ होला ।’

ब्रिगेडले आगामी खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP