जेष्ठ २०, २०८२ सोमबार | १७:५७:०७
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

धनगढीसँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को पछिल्ला दुई सिजन उपविजेता भएको धनगढी एफसी यसपाली पनि उपाधिको बलियो दाबेदार हो ।

एनएसएलका दुई सिजन बितिसक्दा उपाधिका लागि दाबेदारी प्रस्तुत गरे पनि च्याम्पियन हुनुको स्वाद चाख्न नपाएको पीडामा यसपाली मल्हम लगाउन सुदूरपश्चिमे टोलीले आफ्नो तर्फबाट कुनै कसर बाँकी राख्ने छैन ।

दुई पटक उपाधिको निक्कै नजिक पुगेर पनि फाइनलमा निराश भएको धनगढी यसपाली पनि कागजमा बलियो देखिन्छ । गत सिजन विदेशी मूलका फरवार्डद्धय लेबनानका अहमद हिजाजी र नाइजेरियन ओलावाले अफिजको प्रेरणादायी प्रदर्शन प्रभावकारी बन्दा धनगढीले फाइनलसम्मको यात्रा तय गरेको थियो । तेस्रो प्रयासमा उपाधिको भोक मेट्ने लक्ष्यमा धनगढीले यसपाली पनि यी दुई खेलाडीमाथिको भरलाई निरन्तरता दिएको छ ।

युवा मिडफिल्डर कृतिशरत्न छुन्जु मार्की रहेको धनगढीको टोलीलाई स्पेनिस सेन्टर ब्याक जर्ज काइसेडो, ब्राजिलियन विंगर सर्जियो बार्बोजा, मोरक्कन मिडफिल्डर मोहम्मद एल जाओवानी र स्पेनिस गोलकिपर वालिद बारोहको उपस्थितीले थप सुसज्जित पारेको छ ।

रन्दीप पौडेल, पासाङ लामा, प्रशान्त लक्षम, रोहन खड्गी र विवेक पौडेलजस्ता घरेलु खेलाडीको साथ धनगढीले यसपाली उपाधिको आशा गर्ने अर्को मुख्य कारण हो । टोलीको नेतृत्व युइएफए प्रो लाइसेन्स प्राप्त स्पेनिस प्रशिक्षक हुवाँ म्यानुअल मार्टिनेजले गरिरहेका छन् ।

धनगढी एफसीका मुख्य प्रशिक्षक हुवाँ म्यानुअल मार्टिनेज, तस्विर सौजन्यः धनगढी एफसी 

भ्यालेन्सियाको युथ एकेडेमी, लेभान्टेको एसोसिएट एकेडेमी हुँदै मोरक्को, आइसल्यान्ड, अमेरिकालगायत देशबाट उच्चस्तरीय फुटबल अनुभव लिइसकेका वालिद एनएसएलकै हाइलाइटेड गोलकिपरमध्ये एक हुन् ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका गोलकिपर जियारथ सेखलाई ग्रुम गरिरहेका वालिद धनगढीको स्क्वाड डेप्थलाई लिएर विश्वस्त छन् । भन्छन्, ‘हामी राम्रो गर्छौँ अनि उपाधिका लागि बलियो चुनौती दिन्छौं ।

‘युरोपियन र एसियाली स्तरमा फरक छ । म नेपालको युवा प्रतिभालाई सक्दो ग्रुम गरिरहेको छु । मैले जाने बुझेको ज्ञान जियारथमा बाँडिरहेको छु,’ वालिदले भने, ‘विगतका संस्करण जस्तै यसपाली पनि टोलीमा राम्रा खेलाडी छन् । म आफ्नो टोलीप्रति पूर्ण रुपमा विश्वस्त छु । यसपाली पनि हाम्रो लक्ष्य उपाधि नै हुनेछ । पछिल्ला दुई संस्करणमा धनगढीको गोलपोस्ट राम्रा गोलकिपरले सम्हालेका थिए । यसपाली मलाई केहीहदसम्म चुनौती छ ।’

कप्तान देवेन्द्र तामाङ यसपाली पनि भरपर्दा विदेशी खेलाडी पाएका कारण टोली बलियो भएको प्रतिक्रिया दिन्छन् ।

धनगढी एफसीका गोलकिपर वालिद बारोह, तस्विर सौजन्यः धनगढी एफसी ।

‘अघिल्लो सिजन हाम्रो टोलीमा हिजाजी र ओलावाले थिए । यसपाली पनि उनीहरुको प्रेरणादायी प्रदर्शन हाम्रो जितको शुत्र हुनेछ । यसबाहेक अन्य खेलाडी पनि कम्तिका छैनन् । हाम्रो लक्ष्य उपाधि नै हो,’ देवेन्द्र प्रतिक्रिया दिन्छन् ।

सेन्टर ब्याक देवेन्द्रसँगै लेफ्ट ब्याक पासाङ लामा धनगढीका हेर्नलायक घरेलु खेलाडी हुन् । गत सिजन बुटवल लुम्बिनी एफसीको जर्सीमा देखिएका पासाङको विचारमा एनएसएल यस्तो थलो हो, जहाँ उनले आफूलाई प्रमाणित गर्ने अवसर पाउनेछन् । एनएसएलमा राम्रो प्रदर्शन गर्न सके राष्ट्रिय टोलीको ढोका खुल्ने उनलाई थाहा छ । राष्ट्रिय खेलाडी बन्ने सपना पूरा गर्न एनएसएलको प्लेटफर्मलाई भरपूर उपयोग गर्ने उनको योजना छ ।

‘हाम्रो तयारी लगभग पूरा भइसकेको छ । लगातार दुई संस्करण उपाधि चुम्न सकेका थिएनौं । यसपाली हाम्रो लक्ष्य जसरी पनि उपाधि जित्नु हो,’ पासाङ भन्छन्, ‘मेरो व्यक्तिगत लक्ष्य भनेको राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पर्नु हो ।’

पहिलो सिजन फाइनलमा काठमाडौं रेजर्ससँग १-० को हार बेहोरेको धनगढी गत सिजन ललितपुर सिटी एफसीसँग ३–२ ले निराश भएको थियो ।

धनगढी एफसीका रक्षक पासाङ लामा, तस्विर सौजन्यः धनगढी एफसी ।

उपाधिको भोक धनगढीको टिममा जति छ, उति नै लगातार दुई पटक फाइनल हारेको स्मरणले दिने मानसिक दबाब पनि छ । तर, सहायक प्रशिक्षक भोलानाथ सिलवाल खेलाडीहरुको मनोबल उच्च रहेको प्रतिक्रिया दिन्छन् ।

‘त्यस्तो दबाब छैन । यो नयाँ सिजन हो, हामी नयाँ सोचका साथ अगाडि बढिरहेका छौं । पूराना खेलाडीलाई दुई चोटी हारिसक्यौं भन्ने छ । यही कारण जितको भोक उनीहरुमा छ । नयाँ खेलाडीहरुलाई त्यस्तो दबाब छ जस्तो लाग्दैन,’ सिलवाल भन्छन्, ‘सबैमा उपाधि जित्नुपर्ने भावना छ ।’

एनएसएल सिजन तीनका लागि धनगढीले साढे दुई सातामात्र प्रशिक्षणमा बिताएको छ । अरु टिमले पनि लामो समय प्रतियोगिताकेन्द्रित तयारी गर्न पाएका छैनन् । यसकारण धनगढी चिन्तित छैन ।

पछिल्लो केही दिनयता ललितपुरको च्यासल मैदानमा अन्तिम चरणको तयारी गरिरहेकोको टोलीले चैत्र १९ गते बुटवल लुम्बिनीसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्नेछ ।

नेपाल सुपर लिग (एनएसएल) सिजन तीनका लागि तयारीमा धनगढी एफसी, तस्विर सौजन्यः धनगढी एफसी ।

तर यसपाली धनगढीसामू अन्य टिमको तुलनामा चुनौतीहरु धेरै हुनेछन् । लगातार तेस्रो सिजन फाइनल पुग्नुपर्ने चुनौती टोलीमा रहने नै छ । सँगै यसपाली फाइनल पुगिहालेमा सुदूरपश्चिमे समर्थक लगातार तेस्रो पटक हारेको हेर्न पक्कै चाहदैनन् । यसकारण पछिल्ला दुई सिजनको उपविजेता धनगढीसँग यसपाली च्याम्पियन हुनुबाहेकको विकल्प हुने छैन ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC