जेष्ठ २०, २०८२ सोमबार | १७:५५:५४
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

जब फ्रेन्चाइज खेलले ‘लोकल टुर्नामेन्ट’को महसुस गरायो

नेपाल सुपर लिग (एनएसएल) सिजन तीन अन्तर्गत पोखरा थण्डर्सका आयुष घलान एफसी चितवनविरुद्ध बल अगाडि बढाउँदै, तस्विर सौजन्यः एनएसएल ।

काठमाडौं । सोमबार नेपाल सुपर लिग (एनएसएल) सिजन तीनको तेस्रो दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रमीता सृजना भयो । दुई प्रतिद्धन्द्धीबीचको तनावपूर्ण माहोलबीच खेल ढिला सुरु हुँदा फ्रेन्चाइज खेलले स्थानीय प्रतियोगितामा खेलाइने खेलको भान गरायो ।

नवीन न्यौपानेको नेतृत्वमा रहेको एफसी चितवनले उनको पूर्व क्लब पोखरा थण्डर्सविरुद्ध खेल्दै थियो । युवा खेलाडीको जोशलाई लगातार दोस्रो सिजन निरन्तरता दिएको पोखरा अनि घरेलु फुटबलका चर्चित अनुहारको बाहुल्य रहेको चितवन प्रतिस्पर्धाका लागि तयार थिए । यस्तोमा खेल आफैंमा रोमाञ्चक हुने नै भयो । तर, मैदान बाहिरको खेल हाबी हुँदा मैदान भित्रको खेलमा सोचेअनुरुपको तीव्रता देखिएन । पोखराका मुख्य प्रशिक्षक सुुमन श्रेष्ठ यस्तै तर्क गर्छन् ।

‘हाम्रा खेलाडी खेलअघि नै मानसिक रुपमा कमजोर भइसकेका थिए । हामीले आज स्वभाविक खेल प्रस्तुत गर्न सकेनौं,’ श्रेष्ठ गुनासो पोख्छन्, ‘जुन मानसिकता लिएर मैदान पुगेका थियौं, ड्रेसिङ रुममा घटेको घटनाले खेलाडीलाई असर पार्यो ।’ 

भएको के हो ? दुवै टोलीले खेलका लागि वार्मअप सक्काएर ड्रेसिङ कक्ष प्रस्थान गरेका मात्र के थिए, व्यवस्थापन पक्षबीच तनावपूर्ण माहोल सृजना भयो । चितवनले श्रम स्विकृतिविना नै पहिलो रोजाईमा पाँच विदेशी खेलाडी समावेश गरेको भन्दै पोखराले टनेलमा आफ्ना खेलाडी पठाउन मानेनन् । जसका कारण खेल निर्धारित समयभन्दा १८ मिनेट ढिला सुरु भयो ।

पोखरा थण्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ, तस्विर सौजन्यः एनएसएल ।

आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता नियमावलीमा भएको ‘प्रोटेस्ट’ नियम लागू नहुने जानकारी गराएसँगै अन्ततः श्रम स्वीकृतिको कागजी प्रक्रिया पूरा नहुनाका बावजुद पोखरा चितवनविरुद्ध मैदान उत्रिने निर्णयमा पुगेको हो ।

पोखराले आफ्ना महत्वपूर्ण खेलाडी क्यामारुनी स्टेफन समीर विनोङलाई श्रम स्वीकृति नभएकै कारण सोमबारको खेलका लागि टोलीमा समावेश गरेको थिएन । उनी दर्शकदीर्घामा बस्दै खेल हेर्दै थिए । पहिलो हाफमा चितवनले विदेशी मिडफिल्डर नोदिर माब्लोनोभको गोलमा १-० को अग्रता लिएको थियो । 

दोस्रो हाफमा पोखराले वार्मअप नै नगरेका विनोङलाई मैदानमा उतार्ने निर्णय गर्यो । विनोङले पहिलो मिनेटमै सैडोस्टोन जाफारोभलाई प्रतिस्थापन गरे । तर, विनोङप्रति जुन किसिमको अपेक्षा गरिएको थियो, त्यो प्रदर्शन उनले गर्न सकेनन् । उनी थकित देखिन्थे । अन्य खेलाडीसँग तालमेल नमिलेका कारण पनि यस्तो देखिएको हो कि ? विपक्षी रक्षापङ्क्तिलाई तहस नहस पार्ने छवी बोकेका विनोङले कुनै पनि समय चितवनलाई गाह्रो बनाएनन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी निरज चौधरीले मैदान प्रवेश गरेको चार मिनेटमै सुन्दर गोल गरेपछि चितवनले जित सुनिश्चित गर्यो ।

‘ड्रेसिङ रुममा आयोजकको व्यवस्थापन पक्षबाट नकारात्मक गतिविधि देखियो । जसका कारण खेलाडीहरुको मनोबलमा असर पर्यो । फुटबलको नियम विपरित हामी जान चाहेका थिएनौं । तर, आयोजक नै फुटबलको नियम मान्दैन भने हामी के गर्न सक्छौं ?,’ प्रशिक्षक श्रेष्ठ गुनासो गर्छन्, ‘प्रोटेस्ट नै नलाग्ने भएपछि हामीले विनोङलाई उत्तारेका हौं । खेलमा जित र हार भइरहन्छ । हामीसँग पाँच खेल अझै बाँकी छन् । हामी अवश्य पनि पुनरागमन गर्नेनै छौं । तर, नेपाली फुटबल कता जाँदैछ भन्ने मुख्य चिन्ताको विषय हो ।’

नेपाल सुपर लिग (एनएसएल) सिजन तीन अन्तर्गत पोखरा थण्डर्सविरुद्ध एफसी चितवन, तस्विर सौजन्यः एनएसएल ।

चितवनका मुख्य प्रशिक्षक न्यौपाने पनि आयोजकको कमजोर व्यवस्थापनप्रति प्रश्न गर्छन् । यी सबै घटनाक्रमले उनको टोलीलाई पनि प्रत्यक्ष असर परेको न्यौपाने सुनाए ।

‘हामीले वार्मअप गरिसकेका थियौं । खेल सुरु हुँदासम्म खेलाडीहरु ‘कुल डाउन’ भइसकेका थिए । जसले गर्दा सुरुआती १०–१५ मिनेट हामीलाई मैदानमा गाह्रो बनायो,’ न्यौपाने सुनाउँछन्, ‘खेलअघिको तनावपूर्ण माहोलले मलाई लोकल टूर्नामेन्टको खेल जस्तो महसुस गरायो ।’

यसबीच न्यौपाने चितवनले श्रम स्वीकृतिको सबै प्रक्रिया पूरा गरिसकेको र सार्वजनिक विदाका कारण कार्यलय बन्द रहँदा आवश्यक कागजी प्रक्रिया पूरा हुन नसकेको दाबी गर्छन् । न्यौपानेले भने, ‘सोमबार इदका कारण खेलाडीले स्वीकृतिको कागज प्राप्त नगरेका हुन् । अन्यथा सबै कागजी प्रक्रिया पूरा भइसकेको जानकारी पाएको छु । हामी पनि विदेशी खेलाडी खेल्न नपाउने भएपछि प्लान बीमा गइसकेका थियौं । तर, अन्त्यमा हामीले विदेशी खेलाडीलाई मैदान उतार्न पायौं । व्यवस्थापन पक्षले मिलाएर नै खेल गराएको हुनुपर्छ । तर, जे भयो नराम्रो भयो ।’

फुटबलको नियमावली अनुसार विदेशी खेलाडीको हकमा श्रम स्वीकृति नभइकन खेल खेल्न पाइँदैन । तर, सोमबारको घटनाले नेपाली फुटबल कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखाएको छ । यसले नेपाली फुटबलको स्तरमाथि गम्भिर प्रश्न खडा गरेको छ ।

एफसी चितवनका मुख्य प्रशिक्षक नवीन न्यौपाने, तस्विर सौजन्यः एनएसएल ।

नेपाली फुटबलमा श्रम स्वीकृतिको विषयलाई लिएर विवाद उत्पन्न भएको यो पहिलो घटना होइन । सोमबारको घटनाले फेरि एकपटक पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगको मुद्धालाई सम्झाएको छ । २०८० जेठमा सम्पन्न लिगबाट अंकका आधारमा विभागीय टोली एपिएफ क्लब र खुमलटार एफसी रेलिगेसनमा परेका छन् । तर, थ्रीस्टारले आफ्नो अन्तिम खेलमा जावलाखेलविरुद्ध अवैधानिक खेलाडी खेलाएको भन्दै एपिएफले दुई वर्षअघि हालेको उजुरीमाथि अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्णय गरिसकेको छैन/गर्न सकिरहेको छैन । जसका कारण एपिएफ र थ्रीस्टारमध्ये कसले शीर्ष डिभिजनको हैसियत गुमाउने भन्ने टुंगो लागिसकेको छैन ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC