जेष्ठ २०, २०८२ सोमबार | १७:४६:३५
नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’

युवाको जोशमा सफलता खोज्दै पोखरा

पोखरा थण्डर्सका मार्की खेलाडी समीर तामाङ, तस्विर सौजन्यः पोखरा थण्डर्स ।

काठमाडौं । युवा खेलाडीको बाहुल्य रहेकाले पोखरा थण्डर्सलाई नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजन, सहभागी सबैले हल्का रुपमा लिएका थिए । तर, नवीन न्यौपानेको नेतृत्वमा रहेको टोलीले सनसनीपूर्ण पदर्शनमार्फत सबैलाई आश्चर्यमा पार्यो ।

नसोचेको प्रदर्शन गरेको पोखराले स्पष्ट दुई अंकको अग्रता लिँदै शीर्ष स्थानमा रहेर लिग चरण टुंगाएको थियो । आयुष घलान मार्की रहेको टोलीमा अञ्जल महर्जन, पदम भट्टराई, सुरज जिउ ठकुरी, सञ्जिव विष्ट जस्ता युवा खेलाडीको प्रदर्शन तारिफयोग्य थियो । यही कारण पोखराले सजिलोसँग प्लेअफ समीकरणमा स्थान सुरक्षित गरेको थियो ।

तर, प्लेअफमा पोखराको प्रदर्शन विर्सनलायक रहयो । टोलीलाई भाग्यले पनि साथ दिएन । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको पोखरालाई दोस्रो क्वालिफायरमा च्याम्पियन ललितपुर सिटी एफसीले स्तब्ध पार्यो । त्यसअघिको सिजनमा पोखरालाई ‘हेड टु हेड’मा पछि पार्दै चौथो स्थानमा रहको बुटवल लुम्बिनीले प्लेअफमा स्थान बनाएको थियो ।

एनएसएलको आसन्न सिजन तीनमा पनि पोखराको टिममा युवा खेलाडीको बाहुल्य छ । यसपाली पोखराले उमेर समूहको राष्ट्रिय टिम तथा घरेलु फुटबलमा तहल्का मच्चाइरहेका फरवार्ड समीर तामाङलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ । उनलाई अट्याकिङ मिडफिल्डर तथा कप्तान आयुष घलान र अनुभवी स्ट्राइकर नवयुग श्रेष्ठले साथ दिँदैछन् ।

नेपाल सुपर लिग (एनएसएल) सिजन २ को दोस्रो क्वालिफायरमा भिड्दै पोखरा थण्डर्स र ललितपुर सिटी एफसी, तस्विर सौजन्यः पोखरा थण्डर्स ।

रक्षक पदम र मिडफिल्डर सुरज फेरि पनि पोखराको जर्सीमा देखिँदैछन् । यी युवा खेलाडीको नेतृत्व पछिल्लो समय मोफसलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज युनाइटेड सम्हाल्दै आएका सुमन श्रेष्ठले गरिरहेका छन् ।

पोखराले नाइजेरियन फरवार्ड माइकेल चुक्वुबुन्ना र नेपाली फुटबलका चिरपरिचित अनुहार स्टेफन समीर विनोङलाई अनुबन्ध गरेको छ । अन्य विदेशी खेलाडीलाई भने पोखराले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन ।

प्लेइङका चार खेलाडी अहिलेसम्म टोलीमा जोडिएका छैनन् । जसले गर्दा पोखराको सुरुआती केही खेलमा कोर्डिनेसनको कमी रहने अनुमान गर्न सकिन्छ । तर, मुख्य प्रशिक्षक सुमन श्रेष्ठ तालमेलको समस्या नहुने तर्क राख्छन्  । भन्छन्, ‘तालमेल मिल्न समय लाग्दैन । सबै खेलाडी खेलिरहेका छन् । चर्च ब्वाइजमा घरेलु खेलाडी सँगै खेलिरहेका थिए । एक दुई दिन समय लाग्ने हो । पछि त्यस्तो गाह्रो हुन्न ।’

गत सिजन टोलीले प्लेअफमा भोगेको नमिठो नतिजा दोहोर्याउने नहुने चुनौती बुझेका प्रशिक्षक श्रेष्ठ थप्छन्, ‘पोखरा अघिल्लो सिजन प्लेअफमा पुगेको टोली हो । यसपाली मलाई व्यक्तिगत रुपमा चुनौती त छ । तर, हामी सर्वप्रथम लिग चरणमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा लागेका छौं । त्यसपछि प्लेअफ र फाइनलका बारेमा सोच्नेछौं ।’

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि अभ्यास गर्दै पोखरा थण्डर्सका रक्षक पदम भट्टराई, तस्विरः सरोज सापकोटा/खेलाडी ।

पहिलो सिजन विराटनगर सिटी एफसीको जर्सी लगाएका सुरज लिगमै गरेको प्रदर्शनका आधारमा पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको नजरमा परेका सुरजले अन्तर्राष्ट्रिय फुटबलको अनुभव पनि लिने मौका प्राप्त गरे । तर, पछिल्लो समय सुरज राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन् । सुरजले आसन्न एनएसएलमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्य बोकेका छन् ।

‘मैले एनएसएलको पहिलो सिजनमा गरेको प्रदर्शनले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकको मन जितेको थिएँ । अन्तर्राष्ट्रिय डेब्युको पनि अवसर प्राप्त गरेँ । यसपाली पनि राष्ट्रिय टोलीमा स्थान बनाउने लक्ष्य बनाएको छु,’ सुरज सुनाउँछन्, ‘अघिल्लो सिजन कसैले पोखरामाथि विश्वास गरेका थिएनन् । तर, हामी लिग चरणमा पहिलो स्थान हासिल गर्यौँ । यसपाली पनि हाम्रो टोली नपत्याउँदो छ ।’

युवा स्टार समीर आसन्न एनएसएलका कान्छा मार्की हुन् । डिभिजन फुटबलको अनुभव विनै फ्रेन्चाइज लिगको मार्की बनेका समीर लिगकै हेर्नलायक खेलाडीमध्ये एक हुन् । यति ठूलो जिम्मेवारी र चुनौतीका लागि समीरले आफूलाई कसरी तयार पारिरहेका छन् त ?
‘पोखराले मलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ । लिग चरणमा राम्रो गरेर पोखरालाई प्लेअफ पुर्याउने चुनौती छ । यही चुनौतीलाई आत्मसात गर्दै आफूलाई तयारी अवस्थामा राखेको छु,’ समीरले प्रतिक्रिया दिए ।

सिनियर खेलाडी नवयुग सुखद पुनरागमनको लक्ष्यमा छन् । पहिलो सिजन पोखराका मार्की खेलाडी रहेका नवयुगले दोस्रो संस्करण चितवनबाट खेलेका थिए । यसपाली उनी पोखरामा फर्किएका हुन् । समीरसँगको तालमेल र पोखराको पछिल्लो तयारीका बारेमा नवयुग यसो भन्छन् ।

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ का लागि अभ्यास गर्दै पोखरा थण्डर्सका कप्तान नवयुग श्रेष्ठ, तस्विरः सरोज सापकोटा/खेलाडी ।

‘समीरसँगको तालमेल राम्रो भइरहेको छ । समीरमात्र नभएर अन्य युवा खेलाडीलाई सक्दो सहयोग गरिरहेको छु । हाम्रो खेलाडीमा युवा जोश छ,’ नवयुग बताउँछन्, ‘जुनसुकै प्रतियोगितामा खेलाडीले चुनौती बोकेको हुन्छ । सबै टोली जित्नकै लागि मैदान उत्रिन्छन् । जित मिहिनेतको प्रतिफलले पाउने हो ।’

पोखराले चैत्र १८ गते एफसी एफसी चितवनको सामना गर्दै लिगको सुरुआत गर्नेछ ।
 


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC