जेष्ठ २०, २०८२ सोमबार | १७:४१:५०
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित नेपाल र थाइल्यान्डबीचकाे मैत्रीपूर्ण खेल ३० मिनेट पछि सर्यो अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने हेनरिक क्लासेनकाे घोषणा थाइल्यान्डविरुद्ध नेपालको पहिलो रोजाइ सर्वाजनिक नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा

चितवनसँग कागजको छवीलाई मैदान उतार्ने चुनौती

एफसी चितवनका मुख्य प्रशिक्षक नवीन न्यौपाने (दायाँ) र कप्तान अञ्जन विष्ट (बाँयाँ) ।

काठमाडौं । गतवर्ष नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा एएफसी चितवनलाई उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको थियो । यसको कारण थियो, स्टार खेलाडीको बाहुल्य । तर, भारतीय प्रशिक्षक मेहराजुद्धीन वाडूको नेतृत्वमा रहेको चितवनले प्लेअफ समीकरणमा पनि स्थान पक्का गर्न सकेन ।

पहिलो सिजन त झन चितवनको प्रदर्शन बिर्सनलायक नै थियो । एक खेल पनि नजितेको चितवन अंकतालिकाको पुछारमा रह्यो ।

यसपाली दोस्रो संस्करण जस्तै चितवनको टोली कागजमा बलियो देखिन्छ । राष्ट्रिय फुटबल टोलीका सुपरस्टार अञ्जन विष्ट मार्की खेलाडी रहेको चितवनले यसपाली घरेलु फुटबलका चर्चित प्रशिक्षक नवीन न्यौपानेलाई नेतृत्व सुम्पिएको छ । न्यौपानेको नेतृत्वमा अघिल्लो सिजन अर्को फ्रेन्चाइज टोली पोखरा थण्डर्सले सानदार प्रदर्शन गरेको थियो । पहिलो चरणबाट शीर्ष स्थानमा रहँदै टोली प्लेअफ पुगेको थियो ।

प्लेअफमा परिस्थितीहरु न्यौपाने र उनको टिमको पक्षमा रहेनन् । पहिलो क्वालिफायरमा धनगढी एफसीसँग निर्धारित समयको खेल २-२ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा टोली ४-३ ले निराश भयो । दोस्रो क्वालिफायरमा पाएको मौका पनि न्यौपानेको पोखराले उपयोग गर्न सकेन । जहाँ उनको टोली ललितपुरसँग २-१ को नतिजामा पराजित हुँदै फाइनलबाट बञ्चित भयो ।

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा एफसी चितवन, तस्विर सौजन्यः एनएसएल ।

न्यौपानेले गत सिजन आफूले भोगेको अनुभवबाट फ्रेन्चाइज फुटबलमा धेरै सिकेका छन् । सँगै उनी त्योबेला चितवनले भोग्नुपरेको पीडाका बारेमा सचेत छन् । तत्कालका लागि लिग चरणप्रति केन्द्रित रहेका उनी लगातार दोस्रो वर्ष प्लेअफ पुग्ने चुनौती सामना गर्न तयार भइसकेका छन् । जसका लागि कागजमा बलियो टिमले मैदानमा त्यही छविअनुसार प्रदर्शन गर्नुपर्ने उनलाई राम्ररी थाहा छ ।

‘फुटबल भनेको नै यही हो । स्टार खेलाडी हुँदा पनि टोलीले पराजय बेहोर्नु परिरहेको हुन्छ । फुटबलमा टिम बन्डिङ र खेलाडी व्यवस्थापन एकदमै महत्वपूर्ण हुन्छ,’ न्यौपाने भन्छन्, ‘चितवनको यसपाली टिम बन्डिङ र राम्रो छ । प्रशिक्षण पनि राम्रो भइरहेको छ ।’

मैदान अभाव र मोफसलको व्यस्त तालिकाबीच चितवनले चैत्र १६ बाट सुरु हुन लागेको एनएसलका लागि अहिलेसम्म १४ दिन प्रशिक्षणमा बिताएको छ । पहिलो हप्ता हार्ड ट्रेनिङ गरेको चितवनले प्रतियोगिता मुखैमा आउँदा अब भने ट्याक्टिकल र टेकनिकल पक्षमा जोड दिइरहेको छ । टोली भक्तपुरस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा दैनिक दुई घण्टा प्रशिक्षण गरिरहेको छ ।

आसन्न एनएसएलका लागि विशाल श्रेष्ठ, छिरिङ गुरुङ र रोशन रानालाई रिटेन गरेको चितवन अक्सनमा पनि भाग्यशाली रह्यो । अक्सनबाट चितवनले शिशिर लेखी, अभिषेक लिम्बू, जय गुरुङ, मिलन राई, निरज चौधरी र सुमित श्रेष्ठ जस्ता खेलाडीलाई अनुबन्ध गरेको थियो । यीमध्ये मार्की अञ्जनसँगै रक्षकद्धय अभिषेक र सुमित राष्ट्रिय टोलीमा रहेका कारण सुरुआति दिनका बन्द प्रशिक्षणमा सामेल भएनन् ।

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पोखरा थण्डर्सविरुद्ध एफसी चितवनका अफ्रिइ अक्वाह ।

चितवनले यसपाली उपाधिमाथि दाबेदारी प्रस्तुत गर्नका लागि आधा दर्जन विदेशी खेलाडी भित्र्याएको छ । अमेरिकाबाट सेन्टर ब्याक जोनाथन क्याम्पबेल र फरवार्ड भिक्टर मानसारे, नाइजेरियन फरवार्ड युसुफ मलिक, उज्वेकिस्तानी मिडफिल्डर नोदिरबेक माभ्लोनोभ, जमैकन गोलकिपर अमर नाइट र घानाका अट्याकिङ मिडफिल्डर टोरिक जेब्रिनलाई चितवनले अनुबन्ध गरेको छ । यीमध्ये जेब्रिन लगातार दोस्रो सिजन चितवनको जर्सीमा देखिन लागेका हुन् ।

राष्ट्रिय टोलीको जिम्मेवारीमा रहेका खेलाडीसँगै टोरिक जेब्रिन बिहीबार मात्र बन्द प्रशिक्षणमा सामेल भएका थिए ।

‘नेपाली फुटबलको यो कमजोरी नै हो । हामीले सबै एकै ठाउँमा बसेर प्रशिक्षण गर्न पाएका छैनौं । तर, यो चितवन मात्र नभएर सबै क्लबको समस्या हो,’ प्रशिक्षक न्यौपाने भन्छन्, ‘यी तमाम समस्याका बावजुद हामी तयार छौं ।’

अनुभवी विंगर मिलन राई यसपाली चितवनले अन्तिम समयसम्म च्याम्पियन बन्न प्रतिस्पर्धा गर्ने बताउँछन् । यसपाली चितवन विगतको भन्दा बलियो भएको उनको बुझाई छ ।

‘विदेशी खेलाडी एकदमै भरपर्दा छन् । अन्तिम समयसम्म लड्न सक्नेमा हामी विश्वस्त छौं,’ मिलन दाबी गर्छन् ।

अमेरिकी सेन्टर ब्याक जोनाथन क्याम्पबल छोटो प्रि सिजनका बावजुद टोली राम्रो बनेको प्रतिक्रिया दिन्छन् । कम्बोडिया, इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड र फिलिपिन्समा व्यावसायिक फुटबल खेलिसकेका जोनाथन, चितवनले मैदान अभावबाहेक कुनै पनि कुरामा सम्झौता गर्नु नपरेको बताउँछन् ।

‘हाम्रो प्रि–सिजन राम्रो भएको छ । म टोलीको प्रि–सिजन प्रदर्शनबाट सन्तुष्ट छु । हामीले मैदान अभावका कारण सुरुआती दिन केही कठिनाई भोग्यौं । अन्य कुरामा हामीले सम्झौता गर्नुपरेको छैन,’ जोनाथनको तर्क छ ।

चितवनले चैत्र १८ गते पोखरा थण्डर्सको सामना गर्दै एनएसएल सिजन तीनको सुरुआत गर्नेछ ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC